2026-09-18 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

बृद्धाश्रममा बालबालिका

chilime-himlayanप्रेमप्रसाद पौडेल, मंसीर १५, रसुवा ।

बृद्धाबृद्धालाई
पालनपोषण गर्ने अनुमति लिएर सञ्चालन गरिएको बृद्धाश्रममा बालबालिकाहरु राखिएको छ । रसुवा जिल्लाको
चिलिमे गाविस १ थाम्बुचेतमा हिमालयन मानव सेवा समाजले भुकम्पपछि हाकु गाविसका विभिन्न वडाका टुहुरा
बालबालिका राखेको पाइएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी थापाको नेतृत्वमा गएको
अनुगमन टोलीले बालबालिका राख्नको लागि अनुमति नलिएको भन्दै उक्त कार्यलाई मापदण्ड विपरित बालगृह सञ्चालन
भएको बताएका छन् । थापाका अनुसार उक्त कार्यलाई तत्काल रोक्नुपर्ने बुझिएको छ । विनाशकारी भुकम्पपछि
बालगृह सञ्चालन तथा ओसारपसारमा रोक लगाइएको छ ।

विनाशकारी भुकम्पपछि हाकु गाविस ८ की आठ वर्षीय
आइसिङ तामाङ, नौ वर्षीय शर्मिला तामाङ, सात वर्षीय संगीता तामाङ, वडा नं ६ की रिमा नगरकोटी, वडा नं ८ की
दश वर्षीय अस्मिता तामाङ, सात वर्षीय सन्तोष घले, नौ वर्षीय सन्दिप घले, बाह्र वर्षीय दिलमाया तामाङ र
सात वर्षीय अनिता तामाङलाई टेन्टमा राखेर पालनपोषण गरिएको छ ।

हिमालयन मानव सेवा समाजका अध्यक्ष
बालकृष्ण श्रेष्ठले बालबालिका राख्नको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनमा आफू चुकेको भएपनि
प्राय बाबुआमा गुमाएका बालकालिकालाई शिक्षा तथा पालनपोषण गरेर सेवा गरेको बताएका छन् । श्रेष्ठले
हिमालयन इङलिस स्कूलमा उक्त बालबालिकाहरुलाई शिक्षा दिइरहेका छन् ।

वि.सं २०७० सालमा बृद्धाश्रम
सञ्चालन गर्न अनुमति प्राप्त उक्त समाजले विभिन्न निकायबाट सहयोग पनि प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई