Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जन्मदिनको अबसरमा छात्रबृत्ति प्रदान

By kit 3 मिनेट पढाइ

भदौ १५, पर्बत । आफ्नो जन्मदिनको अबसरपारि एक व्यक्तिले विद्यार्थीलाई छात्रबृत्ति दिएकी छन् ।  लिमीठाना ७ घरभई कुश्मामा सामाजिक संघसंस्था मार्फत सामाजिक क्षेत्रमा काम गर्दै आएकी कामना रेग्मीले दुई बालबालिकालाई छात्रबृत्ति प्रदान गरेकी हुन् ।

बाग्लुङ थमथाप ७ का विमल नेपाली र राहुल नेपालीलाई्र उनले एक बर्षको लागि पुग्ने शैक्षिक तथा सरसफाइका सामाग्री सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएकी रेग्मीले भनिन्,आर्थिक स्तर कमजोर भएकै कारण शिक्षाबाट कुनै पनि बालकालिका बञ्चित हुनु हुदैन भन्ने मेरो मान्यता अनुरुप सानै भएपनि यो सहयोग गरेको हो ।

उनले आफ्नो जन्मदिनको अबसरमा केक काटेर फजुल खर्च गर्नुको बदला सानो रकम विद्यार्थी भाइबहिनीहरुलाई सहयो गरेको बताइन् । उनी अहिले सिसेफ महिला समुह तथा रोट्याक्टमा रहि सामाजिक गतिविधिमा सक्रिय हुदै आएकी छन् ।

छात्रबृत्ति हस्तान्तरण कार्यक्रमा सिसेफ नेपालका अध्यक्ष थमनारायण पौडेल, संस्थाका सुचना प्रमुख सुमन ढकाल, संस्थापक अध्यक्ष टंकनाथ लामिछाने, एकता क्लबका अध्यक्ष अच्यूत तिवारी, पश्चिमांञ्चल तेक्वान्दो संघका अध्यक्ष मदन गुरुङ, जिल्ला तेक्वान्दो संघका अध्यक्ष कमल थापा, प्रगतिशिल लेखक संघका अध्यक्ष अर्जुन पौडेल निर्जन, बार एसोसिएसन पर्वतका अध्यक्ष  विश्वराज पाण्डे, समुहकी अध्यक्ष सरस्वती बस्नेत लगायतको सहभागीता रहेको थियो । सो अबसरमा संस्थाले रेग्मीलाई मायाको चिनो प्रदान गरेको थियो ।