प्रकाश बम/भदौ १५, डोटी । डोटीका दश वटा विद्यालयलाई असि लाखको साम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम/भदौ १५, डोटी । डोटीका दश वटा विद्यालयलाई असि लाखको साम"/>

2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका दश विद्यालयलाई ८० लाखको सामग्री हस्तान्तरण


प्रकाश बम/भदौ १५, डोटी । डोटीका दश वटा विद्यालयलाई असि लाखको सामग्री एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । शिक्षणमा सिकाईमा सूचना तथा प्रविधिको प्रयोगबाट सामुदायिक विद्ययालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ ती सामग्री हस्तान्तरण गरिएको हो ।

 कम्प्युटर शिक्षाका लागि प्रत्येक विद्यालयहरुलाई आठ लाखको सामग्री हस्तान्तर गरिएकोे युनाइटेड मिसन टु नेपाल (युएमएन) डोटी क्लस्टर टिम लिडर धनमाया गुरुङले बताइन् । सो रकममा शिक्षकको तालिम तथा ढुवानी खर्चलाई समेत समावेश गरेको उनले जानकारी दिइन् ।  जिल्लाका दश विद्यालयमा २० थानका दरले २ सय थान कम्प्युटर हस्तान्तर गरिएको छ ।

 डिजिटल शिक्षामा रहेको ग्याप हटाउन र सामुदायिक विद्यालका विद्यार्थीहरुको पहुँच बढाउनु यसको मुख्य लक्ष्य रहेको गुरुङले बताए । जिल्लाका साजेन्दे्रश्वर उमावि फुलौट, राधा कृष्ण उमावि गोपघाट, केदारेश्वर उमावि कफल्लेकी, भगवती उमावि तलरा, सरस्वती उमावि रानागाउँ, सीताराम क्याम्पस उच्चाकोट, शारदा उमावि मुडभरा, वीरेन्द्र उमावि घाङ्गल, बर्छैन उमावि बर्छैन र रामपुर उच्च माध्यमिक विद्ययालय बुडरलाई हस्तान्तरण गरिएको छ । सो सामग्रीबाट ती विद्ययालयका ५ हजार एक सय अठार विद्यार्थी लाभान्वित हुने बताइएको छ ।

 हस्तारण कार्यक्रममा स्थानिय विकास अधिकारी कृष्ण गौतमले कम्पुटर विनाको शिक्षा अधुरो रहेको भन्दै प्रयोग गरेनौ भने पछि परिने धारणा राखे । उनले भने, ‘जुन विद्यालयमा कम्पुटर हस्तातरण गरिएका छन् । भोलिका दिनमा कसैका घर भित्र भेटियो भने राम्रो हुँदैन  ।’ विधि,अनुसाशन र सिस्टमका साथ अघि बढ्नु होला । 

 जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीले संचारको जगतमा सूचनाको प्रविधिमा हामी सक्षम नभएसम्म शिक्षण सिकाई प्रभावकारी हुन नसक्ने बताए । उनले भने, ‘राम्रो गर्ने विद्यालयका लागि सहयोग गर्ने सयौं हातहरु छन् ।’ आजै देखि उत्कृष्ट विद्यालयको सूचीमा नाम लेखाउन तर्फ लाग्नुन् ।

 कार्यक्रममा बोल्दै केदारेश्वर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गगन कार्कीले यो सहयोगका कारण दूर दराजका सबै विद्यार्थी र शिक्षक सूचनाको पुहँचमा पुग्ने तथा प्रविधिसंग जोडिने बताए । उनले भने, ‘परम्परागत शिक्षण शैली भित्र नवीन शैली भित्रिएको छ । जसमा हामी खुशी छौं ।’

युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरको आयोजना तथा जिल्ला शिक्षा कार्यलय डोटी,टेक्नोलोजि एलोभेटिङ प्रोभटी र माईक्रोसफ्ट इनोभेसन सेन्टर नेपालको सहयोगमा गरीएको कार्यक्रमको संचालन युनाईटेड मिसन टु नेपाल डोटी कार्यक्रम अधिकृत हेमराज जोशिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई