2026-09-18 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

भूकम्प प्रभावित घरधुरीलाई व्लाङ्केट वितरण भयो

bitaranपुस १, रसुवा । भूकम्प प्रभावित घरधुरीलाई
व्लाङ्केट वितरण गरियो ।

जाडो मौसमलाई ध्यान दिदै सामुदायिक
आत्मनिर्भर सेवा केन्द्र र जिल्ला भूमि अधिकार मञ्चले संयुक्त रुपमा भोर्ले गाविसमा १४८६, लहरेपौवामा
१५२६, धैबुङमा १४२२ र हाकुमा ६५६ गरी जम्मा ५,१९९ थन व्लाङ्केट वितरण गरिएको आत्मनिर्भर सेवा केन्द्रका
जीविकोपार्जन परियोजना संयोजक विश्वास नेपालीले जानकारी दिनुभयो ।

आइएओमको सहयोगमा आत्मनिर्भर सेवा केन्द्र र जिल्ला भूमि अधिकार मञ्च, रसुवामार्फत भूकम्प
प्रभावित घरधुरीलाई एक÷एक थान व्लाङ्केट वितरण गरिएको हो । जाडो मौसममा लागेको छ ।

गत वैशाखमा गएको विनाशकारी भूकम्पको कारण मानिसहरू घरबार विहीन भई यतिबेला
अस्थायी आवासमा बसोबास गरिरहेका छन् । उनीहरूलाई केही राहत मिलोस् भन्ने ध्येयले रसुवा जिल्लाको
लहरेपौवा, भोर्ले, हाकु र धैबुङ गाविसमा व्लाङ्केट वितरण गरिएको संयोजक विश्वास नेपालीले बताए

व्लाङ्केट वितरणको लागि गाविस सचिव, वडा नागरिक मञ्चका संयोजक
तथा सदस्यहरू, स्थानीय संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक र विद्यार्थीलगायतले पनि
आवश्यक सहयोग गरेका थिए ।

व्लाङ्केट ढुवानीको लागि कोर्डएड र
हेलेन केलरको सुआहारा कार्यक्रम र विश्व खाद्य कार्यक्रम सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई