भदौ १६, रोल्पा । रोल्पा जिल्लामा सवारी दुर्घटनाको मात्रा घटेको छ । जिल्ला ट्राफिक कार्यालय रोल्पाले सञ्चालन गरेको ट्राफिक सचेतीकरण कार्यक्रमका कारण दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

अघिल्लो वर्षको भन्दा गतवर्ष दुर्घटनामा कमी आएको बताइएको छ । अघिल्लो वर्ष भएका २३ दुर्घटनामा ४७ जना प्रभावित भएका थिए, जसअन्तर्गत ६ जनाको मृत्यु, सख्त घाइते १६ र सामान्य घाइते २५ जना रहेका थिए ।

गत वर्ष भएका १९ वटा सवारी दुर्घटनामा प्रभावित हुनेको सङ्ख्या ४१ मा झरेको छ । यसअन्तर्गत मृत्यु सात, सख्त घाइते १२ र सामान्य घाइते २२ जना रहेको प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र शर्माले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष दुर्घटना बढेकोे भन्दै विभिन्न विद्यालय, क्लब, चालक, सहचालक, व्यवसायी, यातायात कर्मचारी तथा टोलटोलमा ट्राफिक सचेतीकरण गरिएको थियो । ट्राफिक नियम पालना सम्बन्धमा कडाइका साथ चेकजाँचसमेत गरिएको थियो ।

चेकजाँचका क्रममा तीन हजार १२२ पटक कारबाही गरिएको थियो । यसरी भएको कारबाहीबाट रु नौ लाख तीन हजार ९०० राजस्व सङ्कलन गरिएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष राजस्वसमेत बढी सङ्कलन भएको शर्माले बताउनुभयो ।

दुर्घटना न्यूनीकरणमा सचेतीकरण कार्यक्रम निकै प्रभावकारी भएको भन्दै चालु आवमा समेत त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी ढङ्गले सञ्चालन गरिने योजना रहेको शर्माले बताउनुभयो । रासस

September 1, 2016
रोल्पा - RLP, समाज
रोल्पामा ट्राफिक सचेतीकरणले ल्यायो दुर्घटनामा कमी
By kit
3 मिनेट पढाइ