२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा खुकुरी प्रहारबाट वडा सदस्यका उम्मेदवार गम्भीर घाइते

२०७९, २० बैशाख मंगलवार १०:२७

वैशाख २०, बैतडी | बैतडीको डिलाशैनीमा वडा सदस्यका उम्मेदवारमाथि नै खुकुरी प्रहार भएको छ। सत्ता गठबन्धनकातर्फबाट डिलाशैनी गाउँपालिका-५ का वडा सदस्यका उम्मेदवार हरिराम साउदमाथि सोमबार राति खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले जानकारी दिए।

माओवादी केन्द्रकातर्फबाट उम्मेदवार रहेका साउद वडा नं. ५ कै पुजाँरीगाउँमा एक घरबाट अर्को घरमा जाने क्रममाबीच बाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी प्रहारबाट घाइते भएका साउँदको हात, मुख र टाउकोमा चोट लागेको छ।

खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरेको गोकुलेश्वर अस्पतालले जनाएको छ।घटनाका बिषयमा जानकारी आएको र थप बुझ्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। घटनास्थलमा प्रहरीको टोली खटाइएको र कसले खुकुरी प्रहार गरेको हो भन्ने बिषयमा खुल्न नसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक