भदौ १६, रोल्पा । उमेर नपुगेकी किशोरीको विवाह गराएको आरोपमा आज तीनजनाविरुद्ध जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गरिएको छ ।

गैरीगाउँ–८ की सुनिता परियारको सोही गाउँकै रमेश परियारसँग विवाह गराउने दुईजना लमी करेटी–३ का लक्ष्मण विक, गैरीगाउँका दीपक परियार र दुलहा रमेशविरुद्ध प्रहरीले आज बालविवाहअन्तर्गत मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

गएको साउन २९ गते सुनिता र रमेशबीच सुनिताको मुञ्जुरीबिनै विवाह भई भदौ ११ सम्म उनीहरुसँगै बसेको र परिवारका सदस्यहरु नभएको मौका पारी सुनिता घरबाट भागेर प्रहरीमा उजुरी दिन आएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार केटीको उमेर १७ र केटाको उमेर २४ हो ।

हाल दुईजना लमी र दुलहालाई जिल्ला अदालत रोल्पाबाट म्याद थप गरी थुनामा राखिएको छ भने सुनितालाई प्रहरीकै संरक्षणमा सुरक्षित स्थानमा राखिएको छ । बाल विवाहमा संलग्न तीनैजनालाई मुलुकी ऐनअनुसार कारबाही हुने रोल्पाका प्रहरी नाउब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । रासस