सम्राट सिंह/भदौ १६, बझाङ ।  जिल्लाको विकट गाविस मेलबिसौना खाद्य डिपोमा चामल सकिएको २ महिना बितिसक्दा समेत चामल पुगेको छैन । खाद्यसंसथानले खाद्य डिपोमा चामल नपठाउँदा चामल खरिद गर्न आएका सर्वसाधारणहरु रित्तो हात घर फर्किन बाध्य भएका छन । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह/भदौ १६, बझाङ ।  जिल्लाको विकट गाविस मेलबिसौना खाद्य डिपोमा चामल सकिएको २ महिना बितिसक्दा समेत चामल पुगेको छैन । खाद्यसंसथानले खाद्य डिपोमा चामल नपठाउँदा चामल खरिद गर्न आएका सर्वसाधारणहरु रित्तो हात घर फर्किन बाध्य भएका छन । <"/>
2026-09-19 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

२ महिना बितिसक्दा समेत डिपोमा चामल पुगेन, भोकमरीको सम्भावना

सम्राट सिंह/भदौ १६, बझाङ ।  जिल्लाको विकट गाविस मेलबिसौना खाद्य डिपोमा चामल सकिएको २ महिना बितिसक्दा समेत चामल पुगेको छैन । खाद्यसंसथानले खाद्य डिपोमा चामल नपठाउँदा चामल खरिद गर्न आएका सर्वसाधारणहरु रित्तो हात घर फर्किन बाध्य भएका छन । 

जिल्ला खाद्य संस्थानको गोदाममा बंगलादेशी उसिना चामल बिक्री नभएर कुहिने अवस्थामा थन्किरहेको बेला बिकट गाविस मेलबिसौना खाद्य डिपोमा भने चामलको अभाव भएको छ ।

खाद्यसंस्थानले बिक्री गर्ने अरुवा मोटो चामल सकिएको झण्डै २ महिना हुँदा समेत चामल ढुवानी गर्न भने सरोकारवालाको ध्यान जान सकेको छैन ।

गाउँमा खानलाई चामल नपाएर भोकमरी फैलिने अवस्था छ मेलविसौना गाविसकी हरिना विकले भनिन् राज्यले तत्काल डिपोमा चामल पठाएर जनतालाई राहत दिनुप¥यो । 

डिपोमा चामल सकिदा रिलु,काँडा,धमेना र मेलबिसौना गाविसका बासिन्दाहरु भेकमरीको चपेटामा परेका छन । 

खाद्यसंस्थानको गोदाममा नै अरुवा मोटो चामल सकिएको छ खाद्य संस्थानका प्रमुख ईश्वरीदत्त पाण्डेले भने गाउँघरबाट जनताको माग आएकोले चामल मगाउन पहल भइरहेको छ । चामल आउने बितिकै माग भएको डिपोमा चामल पठाउने उनको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई