2026-11-01 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंगलबार मध्यरातिदेखि सीमाना नाका तीन दिन बन्द

बैशाख २६, सप्तरी | स्थानीय तह निर्वाचनलाई मध्येनजर गर्दै प्रशासनले म‌ंगलबार मध्यरातिदेखि भारतसँग सीमा जोडिएका नाकामा आवतजावतमा राेक लगाएकाे छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सीमाना जोडिएका नाकाहरू  मंगललबार राति १२ बजेदेखि निर्वाचन हुने दिन शुक्रबार राति १२ बजेसम्मका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यालय सप्तरीले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

यसैबीच स्थानीय तह निर्वाचनलाई मध्येनजर गरी मंगलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा समेत रोक लगाइएको छ । 

मदिरा सेवनका कारण विभिन्न खालका दुर्घटना हुन सक्ने भएकाेले मदिरा कारोबार र सेवनमा रोक लगाइने निर्णय गरेकाे प्रजिअ गौतमको भनाइ रहेको छ।  निर्णयविपरीत कसैले काम गरेको पाइएमा कारबाही गरिनेछ।

जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिरा भण्डारण र बिक्री वितरण नगर्न आग्रह समेत गरिएको छ । अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द