भदौ बाँके । बाँकेको कोहलपुरस्थित होटल पप लाइफमा एकजनाको रहस्यमय मृत्यु भएको छ भने बेहोस अवस्थामा भेटिएका अर्का एकको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । 

कोहलपुर नगरपालिका–११ का अन्दाजी ३० वर्षीय विकास राईको रहस्यमय मृत्यु भएको ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ बाँके । बाँकेको कोहलपुरस्थित होटल पप लाइफमा एकजनाको रहस्यमय मृत्यु भएको छ भने बेहोस अवस्थामा भेटिएका अर्का एकको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । 

कोहलपुर नगरपालिका–११ का अन्दाजी ३० वर्षीय विकास राईको रहस्यमय मृत्यु भएको ह"/>

2026-11-02 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकको रहस्यमय मृत्यु, एक घाईते

भदौ बाँके । बाँकेको कोहलपुरस्थित होटल पप लाइफमा एकजनाको रहस्यमय मृत्यु भएको छ भने बेहोस अवस्थामा भेटिएका अर्का एकको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । 

कोहलपुर नगरपालिका–११ का अन्दाजी ३० वर्षीय विकास राईको रहस्यमय मृत्यु भएको हो । मृतक राईसँग नेपालगन्ज उपमहानगरपालिका–१३ का प्रशान्त शाक्य, कोहलपुर नगरपालिका–११ का पवन श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर–१८ का ईश्वर थापा बुधबार सो होटलमा बास बसेको प्रहरीले जनाएको छ । 

उनीहरु होटलको २०३ र २०४ नम्बरको कोठा बुक गरेर बसेका थिए । २०४ नम्बर कोठामा बास बसेका राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरु बसेको कोठामा मदिरा तथा धुम्रपान गरेको पाइएको छ भने प्रहरीले प्रशान्त र ईश्वरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 

नेपालगन्जमा सुरक्षा व्यवस्था कडा 

आज बिहानैदेखि नेपालगन्जको चोकचोकमा सयौँ जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

बिहीबार बिहान पुनः स्थापित पूर्वराजा वीरेन्द्र शाहको सालिक मध्यराति हटाएपछि शान्तिसुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रहरीले नेपालगन्जका चोक चौराहामा सुरक्षा व्यवस्था कडा बनाएको हो । 

सालिक पुनः स्थापना गरेका राष्ट्रवादी युवाले स्व वीरेन्द्रको सालिक हटाएमा कडा प्रतिवाद गर्ने अभिव्यक्ति दिएकाले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । नेपालगन्जको सेतु विक चोक, धम्बोझी चोक, पुष्पलाल चोक र बिपीचोकलाई प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द