१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

धुन्चे घोषणा पत्र जारी गर्दै चौतारी अधिबेशन सम्पन्न

२७ माघ २०७२, बुधबार ०३:२२

माघ २७, धुन्चे । धुन्चे
रसुवा श्रमजिवी पत्रकारहरुको संगठन प्रेस चौतारी रसुवाको दोस्रो जिल्ला अबिधेशनले बलराम घिमिरेको
नेतृत्वमा ११ सदस्य कमिटी चयन गरेको छ । अबिधेशनले ०७२ माघ २६गते धुन्चे घोषणा पत्र समेत जारी गरेको छ

जिल्लाका पत्रकारहरूको भेलाबाट विकासको बिभिन्न क्षेत्रमा
पछि परेको तथा विनाशकारी भूकम्पका कारण क्षतीपुगेकोले पुर्न निर्माणतथा समृद्द रसुवाको रसुवा बनाउन
राज्यको बिशेष ध्यानाकषर्ण गराउँदै पत्रकारिताको माध्यमले मत्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता सहित
घोषणा पत्रजारी गरेको छ । धुन्चे घोषणा पत्र नाम दिईएको छ । घोषणा पत्रमा श्रमजीवि पत्रकार ऐन
कार्यान्वयन, मोफसलका संचार माध्यम र पत्रकारहरू क्षमता विकासका लागी ठोस योजना ल्याउन माग गर्दे
समानुपातिक विज्ञापन प्रणालीको समेत माग गरेको छ । कार्यक्रममा स्वास्थ्य सरसफाई तथा पोषण बारे पनि छलफल
भएको थियो ।

प्रेस चौतारी केन्द्रीय अध्यक्ष राजेन्द्र
अर्यालको प्रमुख आथित्यमा भएको कार्यक्रममा पत्रकारहरू पेशागत रुपमा प्रतिबद्ध तथा बैचारिक रुपमा पनि
प्रष्ट हुनु पर्ने बताउँनुभयो । प्रेस समाजको अभिन्न अंग भएकोले समाजको बास्तविकता प्रतिबिम्बित हुने
बताउँदै रसुवामा क्रियाशील पत्रकाहरूको सुदृढ संगठन रहेको बताउँनुभयो । सांसद छोवाङ तेन्जिन तामाङ,
महासचिव माधब नेपाल, सचिवहरू गणेश पाण्डे, रामकुमार एलन, नेकपा एमालेका सचिव बिजय लामा, संचार बिभाग
प्रमुख पेम्पा तामाङ, बाग्मती अञ्चल ईन्चार्ज केशव अधिकारी, अञ्चल अध्यक्ष बिष्णु तारुके, प्रेस चौतारी
धादिङका अध्यक्ष नारायणचन्द्र सुवेदी, नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष रमेश बस्नेत , पत्रकार
ज्ञानेन्द्रनाथ न्यौपाने लगायतकाले आफनो धारणा राखेका थिए ।


अबिधेशनले उपाध्यक्ष प्रेम पौडेल, सचिव सचिव कमल तामाङ, कोषाध्यक्ष विजया तिवारी, सह सचिव
सुर्य थोक्रा, सदस्यहरुमा विश्वास नेपाली, राकेश लामा, दिपक लामा, फुलमाया स्याङवा, पविना तामाङ, कविता
स्याङवा रहेको कमिटी सर्वसम्मत चयर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का