पढ्न करिब 2 मिनेट लाग्छ

जीवन डाँगी/भदौ १७, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले बुधबार देखि गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । भौगोलिक बिघटतालाई नहेरेर नक्साको भरमा कोरिएको गाँउपालिका केन्द्रको बिरोध गर्दै गाबिस कार्यालयबाट हुने सम्पूर्ण सेबा सुबिधा बन्द गरेको स्थानीयहरुको भनाई छ ।

आन्दोलनलाई अझै सशक्त बनाउनको लागि कुल बहादुर के.सीको संयोजकत्वमा सबै दलका प्रतिनिध रहेको सर्घष समिति गठन गरिएको छ । समितिमा नेपाली काङग्रेस बाट कुल बहादुर खत्री, एमाले बाट पहल बहादुर बिक, देबराज वली, माओबादी केन्द्र बाट प्रेम बहादुर वली, भरत के.सी, नेकपा माओबादीबाट राम बहादुर डाँगी, बद्धिजिबी मिश्री प्रसाद डाँगी रहेका छन् ।

बिहिबार जिनाबाङको नाउलीमा बिरोध स्वरुप कोणसभा सम्पन्न गरिएको छ ।

पूर्ब गाबिस अध्यक्ष देबराज वलीको अध्यक्षतामा भएको कोणसभामा स्थानीयहरुको सहभागिता रहेको थियो । “जिनाबाङ, घर्तीगाँउ, तालाबाङ, राँक,ओत, पाखापानी मिलाए गाँउपालिका बनाएर केन्द्र ओतको राङजीबाङ या जिनाबाङ, राँक, ओत,पाखापानी मिलाउदा जिनाबाङ बनाउनु पर्ने यदि यस्तो पनि सम्भब नभए जनमत संकलन गरि ६ नम्बर प्रदेशको बाघचौँर नगरपालिकामा समाबेस गनुपर्ने” बिहिबार जिनाबाङका सर्बदलिय बैठकले निकालेको प्रेस बिज्ञप्ती उल्लेख गरिएको छ ।

राजनिति दलहरुले जनताको भाबनामा हस्तक्षेप गरेरको बुद्धिजिबी मिश्रीप्रसाद डाँगीले बताए । आफुहरुले घर्तीगाँउलाई केन्द्रको रुपमा कुनै पनि हालतमा केन्द्र स्वकार नर्गने उनको भनाई छ । यदि आफ्नो माग सनुवाई नगरे चरनबद्ध आन्दोलन गर्ने संयोजक के.सीले बताए ।