२६ असार २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

बेपत्ता परिवारको बिलौना आफन्तको अवस्था कहिले थाहा पाउने ?

६ फाल्गुन २०७२, बिहीबार ०४:०२

bepatta pariwarफागुन ६, रसुवा । रसुवामा बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगद्वारा
आयोजित एक पीडित तथा सरोकारवालासँगको छलफल कार्यक्रममा शसस्त्र द्वन्दमा आफन्त बेपत्ता भएको परिवारका
आफन्तले रुँदै दश वर्षे द्वन्द अन्त्य भएको दशक बित्दा पनि आफन्तको बारे बेखबर भएको बताएका छन्

राज्यबाट बेपत्ता परिएका धैबुङ्ग गाविस–३ का २४ वर्षीय एमाओवादी
कार्यकर्ता नरेन्द्रबहादुर तामाङलाई राजधानीबाट सेनाले पक्राउ गरी तत्कालीन शाही नेपाली सेनाले २०६१
मंसिर ७ गते काठमाण्डौ कलंकीबाट गिरफ्तार गरेकोमा हालसम्म बेपत्ता छन् ।

एकमात्र छोरा बेपत्ता भएपछि परिवार चिन्तामा डुबेको परिवाले छोरा भेट्ने लामो प्रतिक्षामा
रहेको आमा तामाङ देबलक्ष्मी तामाङले बताईन् । उनले रुँदै भनीन् राज्यले छोराको अवस्था बारे कहिले
जानकारी दिन्छ । जीउँदै छ भए चाँढै भेटाउनु प¥यो ।

बुढाबुढीका
एकमात्र साहारा आफ्नो छारेरालाई पुर्व सभासद प्रेम तामाङले माओवादी आन्दोलनमा फकाएर लगेको पनि उनले
बताईन् । गरै सरकारी संस्था महासंघका गोविन्द घिमिरेले मानवअधिकार आयोग वा जुनै पनि संस्थाले पीडितहरूका
पीडा सुन्ने र घाउ बल्झाउने बाहेक कार्यक्रमहरूले कही गर्न नसकेको बताए ।

ईन्सेकका जिल्ला प्रतिनिधी हेमनाथ खतिवडाले मानवअधिकारकर्मीहरूले पनि पैरवी गरेर मेल मीलाप
तथा बेपत्ता आयोग बने पनि नियमावली अभावमा काम हुन नसकेको बिडम्बना भएको बताए । राज्यबाट मृत्यु भएका
परिवारका शीला मगरले राज्यले बेपत्ता तथा द्वन्द पीडित बेपत्ताको बारेमा राज्यले न्याय गर्न नसकेको
बताईन् ।

द्वन्द पीडित परिवारका बालबालिकाहरू १८ वर्षको हद लगाएर
शैक्षिक सहयोग गर्न नहुने बताइन् । उनले द्वन्द पीडित परिवारका लागी राज्यबाट प्राप्त हुने बिभिन्न
किसिमका राहतमा बिभेद गर्न नहुने बताईन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकद्वारा प्रकाशित नेपाल
मानवअधिकार वर्षपुस्तक, उनीहरू काहाँ छन् भन्ने पुस्तक र विभिन्न संचार माध्यममा समेत बेपत्ताको विवरण
प्रकाशित छ ।

बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका सदस्य
बिजुल बिकले एकवर्ष अघि बनेको आयोग नियमालवी अभावमा काम थाल्न नसकेको बताए । पीडितको पक्षमा काम गर्न
चाँढै नियमावली आउने र सत्य अन्वेशण तथा सार्वजनिक गर्न आयोगले सिफरिस उनले गर्ने बताए ।

बेपत्ताको खोजी गरी स्थिति सार्वजनिक गरी गर्न उनका परिवारले मानव
अधिकारकर्मीहरूलाई पटक पटक अनुरोध गरेका छन् । द्वन्दको अन्त्य भएको दश वर्ष हुँदा समेत पटक पटक बनेका
सरकारले वास्त नगरेको गरेको पीडितका परिवारले बताएका छन् ।

ईन्सेकलगायत विभिन्न मानबअधिकारकर्मी संस्थाहरूले उनको स्थिति सार्वजनिकका लागि पहल गरे पनि
सरकार र सरोकारवालाहरूले वास्ता नगरेको बेपत्ताका बाबु अमृतबहादुर तामाङले बताए । एक मात्र छोराका
स्थिति अज्ञात भएको दश बर्ष बित्दा समेत कुनै जानकारी नभएको उनले बताए । हेमनाथ खतिवडाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री हुँदै जागिरेसम्म : बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकको करिअरमा नयाँ अध्याय अमेरिकाले थप दुई नेपालीलाई निष्काशन गर्यो हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ बाढी प्रभावितको मानवअधिकारप्रति संवेदनशील बन्न आग्रह केपी शर्मा ओलीसमक्ष प्राडा अर्यालले लिए त्रिवि उपकुलपतिको शपथ कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालको पद तथा गोपनीयताको शपथ गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिइने उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता युद्धलाई लिएर रूसविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको छु : राष्ट्रपति ट्रम्प मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु महानगरपालिकाको नाममा उच्च अदालतको अन्तरिम आदेश:काठमाडौं टावरको निर्माण नरोक्नु पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक भेरी नदीमा हाम फालेर एक जना बेपत्ता अनुमानका भरमा सरकारबारे टीकाटिप्पणी नगर्न गृहमन्त्रीको आग्रह