

आयोजित एक पीडित तथा सरोकारवालासँगको छलफल कार्यक्रममा शसस्त्र द्वन्दमा आफन्त बेपत्ता भएको परिवारका
आफन्तले रुँदै दश वर्षे द्वन्द अन्त्य भएको दशक बित्दा पनि आफन्तको बारे बेखबर भएको बताएका छन्
।
राज्यबाट बेपत्ता परिएका धैबुङ्ग गाविस–३ का २४ वर्षीय एमाओवादी
कार्यकर्ता नरेन्द्रबहादुर तामाङलाई राजधानीबाट सेनाले पक्राउ गरी तत्कालीन शाही नेपाली सेनाले २०६१
मंसिर ७ गते काठमाण्डौ कलंकीबाट गिरफ्तार गरेकोमा हालसम्म बेपत्ता छन् ।
एकमात्र छोरा बेपत्ता भएपछि परिवार चिन्तामा डुबेको परिवाले छोरा भेट्ने लामो प्रतिक्षामा
रहेको आमा तामाङ देबलक्ष्मी तामाङले बताईन् । उनले रुँदै भनीन् राज्यले छोराको अवस्था बारे कहिले
जानकारी दिन्छ । जीउँदै छ भए चाँढै भेटाउनु प¥यो ।
बुढाबुढीका
एकमात्र साहारा आफ्नो छारेरालाई पुर्व सभासद प्रेम तामाङले माओवादी आन्दोलनमा फकाएर लगेको पनि उनले
बताईन् । गरै सरकारी संस्था महासंघका गोविन्द घिमिरेले मानवअधिकार आयोग वा जुनै पनि संस्थाले पीडितहरूका
पीडा सुन्ने र घाउ बल्झाउने बाहेक कार्यक्रमहरूले कही गर्न नसकेको बताए ।
ईन्सेकका जिल्ला प्रतिनिधी हेमनाथ खतिवडाले मानवअधिकारकर्मीहरूले पनि पैरवी गरेर मेल मीलाप
तथा बेपत्ता आयोग बने पनि नियमावली अभावमा काम हुन नसकेको बिडम्बना भएको बताए । राज्यबाट मृत्यु भएका
परिवारका शीला मगरले राज्यले बेपत्ता तथा द्वन्द पीडित बेपत्ताको बारेमा राज्यले न्याय गर्न नसकेको
बताईन् ।
द्वन्द पीडित परिवारका बालबालिकाहरू १८ वर्षको हद लगाएर
शैक्षिक सहयोग गर्न नहुने बताइन् । उनले द्वन्द पीडित परिवारका लागी राज्यबाट प्राप्त हुने बिभिन्न
किसिमका राहतमा बिभेद गर्न नहुने बताईन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकद्वारा प्रकाशित नेपाल
मानवअधिकार वर्षपुस्तक, उनीहरू काहाँ छन् भन्ने पुस्तक र विभिन्न संचार माध्यममा समेत बेपत्ताको विवरण
प्रकाशित छ ।
बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका सदस्य
बिजुल बिकले एकवर्ष अघि बनेको आयोग नियमालवी अभावमा काम थाल्न नसकेको बताए । पीडितको पक्षमा काम गर्न
चाँढै नियमावली आउने र सत्य अन्वेशण तथा सार्वजनिक गर्न आयोगले सिफरिस उनले गर्ने बताए ।
बेपत्ताको खोजी गरी स्थिति सार्वजनिक गरी गर्न उनका परिवारले मानव
अधिकारकर्मीहरूलाई पटक पटक अनुरोध गरेका छन् । द्वन्दको अन्त्य भएको दश वर्ष हुँदा समेत पटक पटक बनेका
सरकारले वास्त नगरेको गरेको पीडितका परिवारले बताएका छन् ।
ईन्सेकलगायत विभिन्न मानबअधिकारकर्मी संस्थाहरूले उनको स्थिति सार्वजनिकका लागि पहल गरे पनि
सरकार र सरोकारवालाहरूले वास्ता नगरेको बेपत्ताका बाबु अमृतबहादुर तामाङले बताए । एक मात्र छोराका
स्थिति अज्ञात भएको दश बर्ष बित्दा समेत कुनै जानकारी नभएको उनले बताए । हेमनाथ खतिवडाबाट


