जेठ ५, रोल्पा । रोल्पाको कारागारमा एक कैदीबन्दी मृत फेला परेका छन्।

सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. १ घोडा आँखेका २७ वर्षीय विजयविक्रम शाह जिल्ला कारागार रोल्पाको शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार शाह बुधबार बेलुका पौने ७ बजेतिर कारागारको शौचालयभित्र झुण्डी आत्महत्या गरेको अवस्थामा फेला परेका हुन्।

गलबन्दीले पासो लगाई आत्महत्या गरेको अवस्थामा शाह फेला परेको डिएसपी घिमिरेले बताए।

नेपाली सेना र नेपाल प्रहरीको साँझ दैनिक गरिने चेक जाँच तथा गन्तीका क्रममा एक जना नपुगेपछि शाहको खोजी सुरू भएको प्रहरीले जानकारी दिएको छ।

खोज्ने क्रममा शाह शौचालयभित्र मृत फेला परेका थिए। शव राति नै पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको तथा घटनाबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

रोल्पामा कारागारको शौचालयभित्र कैदीबन्दी मृत फेला
Leave a Comment