२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

नेपाली काग्रेस रसुवा जिल्ला अधिवेशन सम्पन्न

२०७२, १८ फाल्गुन मंगलवार १४:१७

rasuwa

फागुन १८, रसुवा  । नेपाली काग्रेस रसुवा
जिल्ला अधिवेशन फागुन १७ गते सम्पन्न भएकाे छ । केन्द्रीय निर्वाचन समितिले माघ २५ गतेभित्र ७५ जिल्लामै
अधिवेशन गरिसक्नुपर्ने निर्णय गरेकाे थियाे।यद्यपि केही जिल्ला र रसुवामा ताेकिएकाे मितिमा अधिवेशन गर्न
सकेकाे थिएन।यसले जिल्लाकाे नेतृत्व गर्नेकाे क्षमतामा नै प्रश्न चिन्ह लागेकाे थियाे।मुलत यस जिल्लामा
दुई समूह देखिएकाे थियाे।एउटा समूहकाे नेतृत्व लामा कार्पु तामाङले र अर्को समूहकाे नेतृत्व राजु
तितुङले गरेका थिए।केही भने दुवै समूहमा थिएनन् ।

केन्द्रीय निर्वाचन समितिकाे निर्णय अनुसार माघ २५ गते जिल्ला अधिवेशन गर्नु पर्नेमा
निवर्तमान सभापति लामाकार्पु तामाङले कार्यसमितिकाे निर्णय बेगर मनाेमानी ढंगले माघ २२ गते
कालिकास्थानमा गर्ने भनी अाफ्ना  केही समर्थकलाई लगाएर मञ्च तयार गर्दै एकपक्षी ढंगले अगाडि बढेपछि राजु
तितुङकाे समूहले यश विरुद्ध केन्द्रीय निर्वाचन समितिमा उजुर गरि अन्ततः अधिवेशन सदरमुकाममा माघ २५ गते
भएकाे थियाे तर मत गणना हुदै गर्दा एकजना क्षेत्रीय प्रतिनिधले गन्दै गरेकाे मतपत्र च्यातिदिएपछि विवाद
सिर्जना भयाे र मध्यरातसम्म विवाद चुलिदै गएकाे अवस्थामा उतिनैखेर केन्द्रीय सभापति सुशील काेइरालाकाे
निधन भएकाे खबर प्राप्तिले गर्दा अधिवेशन स्थगित गरि दुवै समूह राजधानीमै गएका थिए।अधिवेशन स्थगित पछि
सहमतिबाट महाधिवेशन प्रतिनिधि र सभापति काे बन्ने भनी दुई समुहबीच छलफल हुदा पद बाँडफाँटमा निश्कर्षमा
पुग्न नसकेपछि केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत एनपी भूषालकाे सट्टा अधिवक्ता तेज
रावललाई निर्वाचन अधिकृत बनाई जिल्लामा खटाएकोमा फागुन ९ देखि ११ गतेसम्म उनले पनि अधिवेशन गराउन सकेनन्
र उनी केन्द्रमा फर्की गए।पुनः केन्द्रले तेज रावललाई नै निर्वाचन अधिकृत बनाएर अन्य तीनजना कानुन
व्यावसायीहरु मतदान सहायक अधिकृतकाे रुपमा जिल्ला पठाएर फागुन १७ गते सुरक्षाकर्मीहरुकाे कडा घेराभित्र
हिमालय स्प्रीङ मिनिरल वाटर फ्याक्ट्री धुन्चेकाे हातामा अधिवेशन गरिएको थियाे।

अधिवेशनले १३अाै महाधिवेशनका लागि लामाकार्पु तामाङकाे समुहबाट महाधिवेशन
प्रतिनिधिमा मंगले तामाङ, श्यामकुमार गुरुङ, नुर्वुसाङवाे घले, बमबहादुर गुरुङ, भाेजबहादुर विक, देवकि
रैला, शान्ता खड्का, जनक जीवन उपाध्याय, माेहन अाचार्य, प्रभात तामाङ र लामाकार्पु तामाङ निर्वाचित भएका
छन्।

यसैगरी अागामी ४ वर्षका लागि जिल्ला कार्यसमिति
सभापतिमा पेम्वा छिरिङ तामाङ, सचिवमा शुक्र थिङ तामाङ र काेषाध्यक्षमा पदमबहादुर न्याैपाने निर्वाचित
भएका छन्।जिल्ला कार्यसमिति सदस्यमा मिङमार छिरिङ तामाङ, फिन्जाे लाेप्चन तामाङ, सुनाम वाङदि तामाङ
लगायत निर्वाचित भएका छन्।यसपालीकाे अधिवेशनलाई नजिकबाट हेर्नेहरूका अनुसार अत्यधिक खर्चिलाे हुनुकाे
साथै वैचारिक बल र निष्ठाकाे राजनीति भन्दा तडक भडक, बल र पैसा खर्च गर्न सक्नेहरुले राजनीतिक दलहरु
कव्जा गर्दै लगिरहेकाे बताउछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू