पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १८, नवलपरासी । दोस्रो औद्योगिक व्यापार मेलामा करिब रु १० लाख आम्दानी भएको नवलपरासी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सङ्घले गत माघ २९ देखि फागुन ११ गतेसम्म सञ्चालित औद्योगिक व्यापार मेलाबाट उक्त आम्दानी भएको जनाएको हो । मेला अवधिभर करिब रु १ करोडको कारोबार भएको र करिब रु ९० लाख खर्च भएको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष भीमबहादुर थापाले सो महोत्सव नाफा मुलकभन्दा पनि जिल्लामा उत्पादित वस्तुको प्रचारप्रसार गर्ने भएकाले सो अभियान सफल भएको बताउनुभयो ।

‘शान्ति समृद्ध उद्योग र व्यापारः राष्ट्र निमार्णको बलियो आधार’ भन्ने मुल नाराका साथ पश्मिाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेला सुनवलमा सम्पन्न भएको थियो । रासस