भदौ १८, बागलुङ । अनाधिकृत रुपमा चलेका विद्युतीय रिक्सालाई स्थानीय प्रशासनले बन्द गराएको छ । तीन महिनादेखि कागजातबिना चौध विद्युतीय रिक्सा बागलुङ बजारमा सञ्चालित थिए । 

‘रुट परमिट’, दर्ता र चालक अनुमतिपत्र समेत नभएपछि रिक्सा बन्द गरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, बागलुङ । अनाधिकृत रुपमा चलेका विद्युतीय रिक्सालाई स्थानीय प्रशासनले बन्द गराएको छ । तीन महिनादेखि कागजातबिना चौध विद्युतीय रिक्सा बागलुङ बजारमा सञ्चालित थिए । 

‘रुट परमिट’, दर्ता र चालक अनुमतिपत्र समेत नभएपछि रिक्सा बन्द गरि"/>

2026-07-05 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा विद्युतीय रिक्सा बन्द

2016-09-03

भदौ १८, बागलुङ । अनाधिकृत रुपमा चलेका विद्युतीय रिक्सालाई स्थानीय प्रशासनले बन्द गराएको छ । तीन महिनादेखि कागजातबिना चौध विद्युतीय रिक्सा बागलुङ बजारमा सञ्चालित थिए । 

‘रुट परमिट’, दर्ता र चालक अनुमतिपत्र समेत नभएपछि रिक्सा बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

विद्युतीय रिक्सा चलाउन अन्य सवारी साधनको जस्तै कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ । रिक्साले सर्वसाधारणलाई सुविधा दिए पनि अनाधिकृत रुपमा चलेकाले बन्द गराउनुपरेको ट्राफिक प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक कुलबहादुर हरिजनले बताउनुभयो । 

कानुनी प्रक्रिया पूरा गरेर आएमा रिक्सालाई सहज रुपमा सञ्चालन गर्न दिइने उहाँको भनाइ छ । बागलुङ कालिकाभगवती यातायात प्रालिले सुरुमा तीन वटा विद्युतीय रिक्सा बागलुङमा ल्याएको थियो । पछि राम्रो चल्ने र आम्दानी पनि हुने देखेर अन्य व्यवसायीले रिक्सा खरिद गरेर सञ्चालन गर्दै आएका थिए । 

रिक्सा धनीले भने आफ्नो दैनिक रोजीरोटीको बाटो बन्द भएको प्रतिक्रिया दिएका छन् । बागलुङमा विगत साढे दुई वर्षदेखि चालक अनुमतिपत्र वितरण रोकिएपछि नयाँ चालक मर्कामा परेका छन् । विद्युतीय रिक्सा लगायतका कुनै पनि सवारी साधानको चालक अनुमतिपत्र वितरण गरिएको छैन । पूर्वाधार र जनशक्ति अभावका कारण देखाउँदै यातायात व्यवस्था कार्यालय बागलुङले चालक अनुमतिपत्र वितरण रोकेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै