Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पामा महिला तथा बालबालिका सेवा केन्द्रको भवन निर्माण कार्य सुरु

By kit 3 मिनेट पढाइ

भदौ १८, रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पामा महिला तथा बालबालिका सेवा केन्द्रका लागि भवन निर्माण थालिएको छ ।

रु एक करोड ९० लाख १६ हजार ४३६ को लागतमा सो भवनको निर्माण थालिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

निर्माणकार्य सम्पन्न गर्नका लागि खानी निर्माण सेवा बानेश्वर काठमाडौँसँग २०७३ साल जेठ ३१ गते सम्झौता भएको भए पनि लगातारको वर्षातका कारण निर्धारित समयमा काम सञ्चालन गर्न नसकिएको निर्माण कम्पनीका प्रतिनिधि विनोद वलीले जानकारी दिनुभयो ।

सुरुवातमा केही ढिला भए पनि निर्धारित समय भन्दा छिटो भवन निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौँ वलीले भन्नुभयो । हाल जिल्लामा महिला तथा बालबालिकाको सुरक्षाका लागि जिल्लामा कुनै किसिमको व्यवस्था नहुँदा उनीहरु विरुद्ध घटेका अपराध अनुसन्धान अध्ययन तथा विश्लेषण गर्न अत्यन्त असजिलो भएको छ । उ

नीहरु विरुद्धका अपराध जघन्य अपराध भएको हुँदा त्यस्ता घटनाका पीडितले सहज रुपमा न्याय पाउन सहज वातावरण सिर्जना होस् भन्ने उद्देश्यले प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र निर्देशनालयले आवश्यक ठानी जिप्रका रोल्पामा भवन निर्माण गर्न लागिएको हो ।

दुई वर्षअघि नेपाल सरकार, नेपाल प्रहरी र एसियाली विकास बैंककोबीचमा भवन निर्माणका लागि सम्झौता भएको थियो । रासस