रोशन तिवारी/भदौ १८, पर्बत । विगतका वर्षमा हुने तीजका मेलामा ठेलमठेल भीड हुने कुश्माको बान्द्रेविँडीमा यसपालिको तिज महोत्सवमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन तिवारी/भदौ १८, पर्बत । विगतका वर्षमा हुने तीजका मेलामा ठेलमठेल भीड हुने कुश्माको बान्द्रेविँडीमा यसपालिको तिज महोत्सवमा "/>
२०८३, ३ जेष्ठ आईतवार
पर्बत - PBT

सुनसान कुश्माको तीज महोत्सव

२०७३, १८ भाद्र शनिबार १०:५८

साजन परियार/भदौ १८, पर्बत । विगतका वर्षमा हुने तीजका मेलामा ठेलमठेल भीड हुने कुश्माको बान्द्रेविँडीमा यसपालिको तिज महोत्सवमा कुनै रौनक देखिएन । लोकदोहोरी गीत प्रतिष्ठान पर्वत र जनकल्याण आमा समुहले आयोजना गरेको ३ दिने महोत्सव हेर्ने दर्शकहरुको संख्या औसतमा ३० जनामा सिमित रह्यो । 

दर्शकहरुको उपस्थिती विनानै कार्यक्रमको उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका लोकदोहरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्मा शुरुमै भाषण गरेर गए । कार्यक्रमको खल्लोपना देखेर आएका दर्शकहरु पनि धमाधम फर्किएका थिए ।

कार्यक्रममा दर्शकहरुको उपस्थिती उदेग लाग्दो भएपछि आयोजकले एक अर्कालाई दोषारोपण गर्दै भाषणमा दोहोरी खेलेका थिए । आयोजक जनकल्याण आमा समुहकी उपाध्यक्ष सरिता भण्डारी सरुले आयोजकहरुका वीचमा समन्वय नहुँदा सबैलाई निम्तो पुग्न नसकेको स्विकार गरिन । उनले सबै मिडियालाई प्रचारको जिम्मा नदिँदा यो हालत भएको बताईन । उनको आरोप सबैभन्दा बढि आफनै समुहकी अध्यक्ष मानकुमारी गिरी प्रति लक्षित थियो । 

तर गिरीले भने आफुले सबैलाई खबर गरेको बताउनुभयो । समन्वय नै नभएको सरिताको जवाफ दिँदै गिरीले आफुले एक्लै भएपनि संभव भएसम्मका व्याक्तिलाई खबर गरेको बताईन । उनले भनिन्,‘ प्रचार प्रसारको जिम्मा लोकदोहरी गित प्रतिष्ठानलाई दिएको हो, सवैलाई प्रचार नदिनु मेरो गल्ति होईन ’। मेरा लागि सबै एफएम, पत्रिका बराबर हुन्,‘ गिरीले थपिन,‘सबै हाम्ले गर्छम भनेर लोकदोहरी प्रतिष्ठानका भाईहरुले जिम्मा लिएका हुन कुन कुन एफ र पत्रिकालाई सुचना दिए भन्ने मकलाई थाहा भएन । 

कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु सिडियो, एलडिओ, जिशिअ लगायत कोहि पनि आएनन् । यहाँका विभिन्न राजनितिक दलवाट एमाले राप्रपा नेपाल , नेकपा माओबादीको वाहेक अरु दलको सहभागिता रहेन् । उद्योग वाणिजय संघका अध्यक्ष सहित केहि पदाधिकारीहरुको चहलपहल भएपनि यहाँका सामाजिक क्लव, संघसंस्था नागरिक समाज, शैक्षिक संघसंस्थाका प्रतिनिधी भने कार्यक्रममा देखिदैनथे ।  

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष दिपक गदाल भने दर्शक नआउनुमा दरखाने कार्यक्रमलाई दोष दिएर चित्त बुझाउँछन् । उनले प्रचार प्रसार गाउँ गाउँमा नपुगेको भने स्विकार गरे । उनले आयोजकले सबै क्षेत्र संग समन्वय नगरेको पनि स्विकार गर्दै माईकवाटै माफि मागे । 

कलाकारहरु पनि आएकै हुन्, मञ्च व्यवस्थापन र साउण्ड सिस्टम पनि गुणस्तरिय नै भएपनि प्रचारप्रसारमा समन्वय गर्न नसक्दा दर्शकहरु आउन नसकेको महोत्सवमा उपस्थित पत्रकारहरुले बताएका छन् । रेडियो शालिग्रामका समाचार प्रमुख रोशन तिवारीले आयोजकले प्रचार प्रसारमा कन्जुस्याईँ गर्दा यस्तो हविगत व्यहोर्नु परेको बताए । उनले भने–‘ आयोजकले हामीलाई सौतेनी व्यवहार गर्न खोज्यो,‘ हामीलाई वहिस्कार गर्दाको परिणाम हो यो, ।

यहाँका मिडियाहरुलाई आयोजकले सौतेने व्यवहार गरेको कारण कार्यक्रमको सुचना नागरिक सम्म नपुगेपछि कार्यक्रममा उपस्थिती शुन्य रहेको हो । यसअघि मिडिया पार्टनरको विषयमै यहाँका मिडियाकर्मीहरु अध्यक्ष मानकुमारी गिरी संग रुष्ट भएका थिए । नेपाल पत्रकार महासंघमा कार्यक्रमको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले आयोजकलाई सबै मिडियालाई सम्मान गर्दै विज्ञापन प्रसारण गर्ने वाताबरण बनाउन आग्रह गरेका थिए । 

तर आयोजकले रेडियो कुसुम र सुचनाकेन्द्र डटकमलाई मात्रै मिडिया पार्टनरको जिम्मा दिए । धेरै श्रोता रहेको रेडियो शालिग्राम, रेडियो दिदिवहिनी र चर्चित पत्रिका साहारा न्यूजलाई पनि आयोजकले सुचना उपलब्ध गराएको थिएन । ‘एउटा मात्रै मिडियालार्ई मात्रै प्रचारको जिम्मा दिएपछि नागरिकसामु सुचना पुगेन,‘ लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले भने,‘ सबै मिडियालाई समेटेर सुचना प्रसारण गर्न दिन पथ्र्यौ, ।     

कार्यक्रममा आएका कलाकारहरुमा पनि दर्शकहरु नभएपछि जाँगर मरेको भान हुन्थ्यो । आज दर्शकहरु नदेखेपछि अधिकाँश कलाकारहरुले प्रस्तुती थाँती राखेका छन् । विगतका हरेक वर्षमा रेडियो दिदिवहिनीले आयोजना गर्ने तीज महोत्सवमा गाउँ गाउँवाट दर्शकहरु खनिएर आउने गरेका थिए । तर अहिले कोहि नआएपछि आयोजक जिल्ल परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट