भदौ १९, पर्बत | पर्वतको कुश्मामा रहेको क्षेत्री समाजको भवनमा जिल्ला प्रहरी कार्यालयले शनिवार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम भएको हलको अगाडि भित्तामा 'प्रहरी मेरो साथी' शिर्षक दिइएको व्यानर टाँसिएको र व्यानरमा प्रहरी र नागरिकको एउटै चाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १९, पर्बत | पर्वतको कुश्मामा रहेको क्षेत्री समाजको भवनमा जिल्ला प्रहरी कार्यालयले शनिवार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम भएको हलको अगाडि भित्तामा 'प्रहरी मेरो साथी' शिर्षक दिइएको व्यानर टाँसिएको र व्यानरमा प्रहरी र नागरिकको एउटै चाह"/>
2026-09-19 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्ला प्रहरी कार्यालय पर्बतको कार्यक्रममा कसले के भने ?

भदौ १९, पर्बत | पर्वतको कुश्मामा रहेको क्षेत्री समाजको भवनमा जिल्ला प्रहरी कार्यालयले शनिवार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम भएको हलको अगाडि भित्तामा ‘प्रहरी मेरो साथी’ शिर्षक दिइएको व्यानर टाँसिएको र व्यानरमा प्रहरी र नागरिकको एउटै चाहना, अपराधमुक्त समाज हाम्रो कामना भन्ने नारा समेत उल्लेख थियो । कार्यक्रमको प्रमुख अतिथिमा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी थिए । सभाहलमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी, संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, समाजसेवी व्यक्तित्व लगायतको सहभागीता देखिन्थ्यो ।

सोही कार्यक्रममा बोल्दै जिल्लाबाट विदाई भई जान लागेकी डिएसपी गंगा पन्तले जिल्लाको शान्तिसुरक्षाको स्थितिबारे बोल्दै जिल्लामा ठुला अपराधिक गतिविधि नभएको र सामान्य अपराधिक घटनाहरु बढी हुने गरेको भनाई राखिन् । उनले जिल्लावासीको साथ, सहयोग र माया पाएको समेत भन्न विर्सिइनन् । जनताको पहुँच प्रहरी कार्यालयमा पुराउन आफूले सक्दो प्रयास गरेको समेत उनको जिकिर थियो । कसैको दवाव र प्रभावबाट आफ्नो कर्तव्य पालनाको क्रममा कहिल्यै नचुकेको उनको दावी थियो । डिएसपी पन्तले जिल्लामा राजनीतिबाट धेरै कुरा प्रभावित हुने भएको बताईन् तर प्रहरी प्रशासनमा दवाव पर्यो या परेन बारेमा खुल्न चाहिनन् ।

त्यसैगरी सरुवा भई पर्वत आएका डिएसपी शेखर खनालले जनताको मायाँ र साथको सदैब आवश्यक पर्ने बताउदै प्रहरीको ज्ञानेन्द्रिय नाक, कान, आँखा भनेकै जनता हो भन्ने भनाई राखे । प्रहरी मेरो साथी भन्ने कुरालाई महत्व दिई प्रभावकारी कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्नेमा उनको जोड थियो । प्रहरीले गर्ने न्याय सम्पादनमा विभेद नगरिने उल्लेख गर्दै अपराध रोकथामको सवालमा कानून विपरित कुनै सम्झौता नगर्ने उनले प्रतिवद्धता गरे ।

प्रमुख अतिथि रहेका प्रजिअ शम्भुप्रसाद मरासिनीले सरकारले नागरिक केन्द्रित कायैशैली अपनाएको र अव माथिको आदेश भन्दा पनि स्थानीय जनताको चाहना अनुरुप तलबाट माथिसम्म कार्यलाई लगेर प्रभावकारी बनाउने भन्ने अवधारणा रहेको बताए । प्रशासनिक सेवामा आग्रह र पूर्वाग्राह नराखिने समेत उनको भनाई थियो । सामाजिक विसंगति र विकृति हटाउन आफूलाई दुःख परे टिकाटिप्पणी गर्ने तर अरुलाई परे खुशी हुने प्रवृत्ति सवैले त्याग्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा सहभागीहरुले प्रहरीले गरेका कार्यहरुको खुलेर प्रशंसा गर्दै मुठ्ठीभरका केही व्यक्ति र गुटको प्रभावमा नपरेर सवै जनताको हित र पक्षमा प्रहरीले समान र न्यायसंगत ढंगले कार्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेस पर्वतका अध्यक्ष खिमप्रसाद भूषाल, नेकपा एमाले पर्वत उपाध्यक्ष भक्त कुँवर, उवासंघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछाने, अधिवक्ता भोलानाथ शर्मा, ईन्सेक प्रतिनिधि किशोर सापकोटा, नागरिक समाज संजाल पर्वत अध्यक्ष राजेन्द्र पहाडी, प्रेस सेन्टर नेपाल पर्वतका अध्यक्ष प्रनिश गिरी, पत्रकार गणेश पौडेल, शिक्षक शालिकराम पौडेल लगायतले आफ्नो भनाई र सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो