रबिन्द्र यादव | भदौ १९, नवलपरासी | नवलपरासी जिल्लाको भारतीय सिमावर्ती गाउँ विकास समितिहरुमा उच्च माध्यमिक त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव | भदौ १९, नवलपरासी | नवलपरासी जिल्लाको भारतीय सिमावर्ती गाउँ विकास समितिहरुमा उच्च माध्यमिक त"/>
८ माघ २०८१, मंगलवार
नवलपुर - NWL

नवलपरासीका स्थानीय विद्यार्थीहरूद्वारा सरकारसँग उच्च शिक्षा सहज बनाइदिन माग

१९ भाद्र २०७३, आईतवार ०७:२२

रबिन्द्र यादव | भदौ १९, नवलपरासी | नवलपरासी जिल्लाको भारतीय सिमावर्ती गाउँ विकास समितिहरुमा उच्च माध्यमिक तहका शिक्षण संस्था विद्यालयहरु नहुदा विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न सदरमुकाम र जिल्ला बाहिर अध्ययन जान बाध्य भएका छन । नवलपरासीको अधिकांश दक्षिणी सिमावर्ती गाउँ विकास समितिहरुमा उच्च मा वि तहको विद्यालय छैन । नवलपरासीको ठुलो खरेटवा, सोमनी, रामपुर खडौना, रमपुरवा, गुठी सुर्यपुरा, बैदौली, कुडिया, नर्सही, पक्लिहवा, गेरमी लगायतका तमाम गाविसमा उच्च मावि तहको विद्यालय छैन । 

उच्च मा वि तहको विद्यालय नहुदा स्थानिय स्तरमा रहेका विद्यार्थीहरू अध्ययनका लागि सदरमुकाम र जिल्ला बाहिरको बुटवल भैरहवा नारायणघाट काठमाडौ लगायतको शहरमा जान बाध्यता रहेको बताउँछन् । तराई मधेस विद्यार्थी फ्रन्टका केन्द्रीय महासचिव युवराज मौर्याले यस क्षेत्रमा उच्च शिक्षा स्थापनामा आफ्नो संगठन जिल्ला शिक्षा कार्यालय नवलपरासी संग पहल गरि रहेको बताउदै सरकारले मधेस शिक्षामा समेत काखापाखा गरेको दाबी गर्नु भएको छ साथै वहाले शिक्षा विकास मा जोड दिनु भएको छ । 

प्रायःजसो दक्षिणी भेगका गाविसहरुका स्थानीयहरुको पारिवारिक आर्थिक अवस्था दयनिय देखिन्छ । पारिवारिक घर चलाउन धोउधोउ परिरहेको अवस्थामा छोराछोरीहरुलाई उच्च शिक्षा प्राप्त गर्नका लागि बाहिर पठाउन आर्थिक अवस्था धान्न नसक्दा उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएको ठुलो खरेटवाका कपिल यादवले बताउनु भयो । साथै यस क्षेत्रमा प्राधविक शिक्षा न्यून रहेको देख्न सकिन्छ । त्यसकारण यस गाविसहरुमा अविलम्ब उच्च शिक्षा प्राप्त गर्न वातावरण मिलाइ दिन हुन स्थानीय विद्यार्थीहरूले सरकारसंग माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा भैरहवा पुगे लामिछाने, भोलि अदालतमा हाजिर हुने प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस् क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही भीम रावललाई गृहजिल्लामा समर्थन, हजारभन्दा बढीले छोडे एमाले क्यानको कारवाहीमा परे सन्दीप लामिछाने समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’ भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन महोत्तरीमा २९ वर्षीय युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक महिलासहित तीनजना पक्राउ प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ? विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म रित्तो गाग्रीसहित सिंहदरबार पुगेका हर्क साम्पाङको गाग्री प्रहरीले खोस्यो