भदौ २०, पर्बत । नारीहरुको महान पर्ब तीजको अबसरमा जिल्लाको देउपुर गाबिससमा आयोजित तीज महोत्सबमा सांसद कल्पना चापागाईको गीतमा दर्शकहरु छमछम नाचेका छन । 

सो गाबिसको वडा नं १ मैदानमा निर्माण सम्पन्न भएको सत्तल उद्घाटन गर्न पुगेकी सांसद "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, पर्बत । नारीहरुको महान पर्ब तीजको अबसरमा जिल्लाको देउपुर गाबिससमा आयोजित तीज महोत्सबमा सांसद कल्पना चापागाईको गीतमा दर्शकहरु छमछम नाचेका छन । 

सो गाबिसको वडा नं १ मैदानमा निर्माण सम्पन्न भएको सत्तल उद्घाटन गर्न पुगेकी सांसद "/>

2026-06-16 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सांसदको गीतमा दर्शक छमछमी नाचे

2016-09-05

भदौ २०, पर्बत । नारीहरुको महान पर्ब तीजको अबसरमा जिल्लाको देउपुर गाबिससमा आयोजित तीज महोत्सबमा सांसद कल्पना चापागाईको गीतमा दर्शकहरु छमछम नाचेका छन । 

सो गाबिसको वडा नं १ मैदानमा निर्माण सम्पन्न भएको सत्तल उद्घाटन गर्न पुगेकी सांसद चापागाईले प्रमुख अतिथीको मन्तब्य ब्यक्त गर्ने क्रममा नारीहरुका बेदनाले भरिएका तीज गीत गाउन थालेपछि रमाइलो हेरीरहेका दर्शकहरु समेत नाचेका हुन ।

उक्त महोत्सबलाई सम्बोधन गर्दै सांसद चापागाईले लोप हुँदै गैरहेको मौलिक संस्कृतिको संरक्षण र सम्बर्धनमा जुटन सबैलाई आग्रह गर्नुभयो । गाउंको बिकासमा आफु सदैब क्रियाशील रहेको बताउँदै आफ्नो तर्फबाट सडक, खानेपानी लगायत बिकासका पूर्वाधारहरु निर्माणको पहल भैरहेको समेत जानकारी गराउनु भएको थियो । सो अबसरमा प्राचीन देउपुरकोट मन्दिर सँगै निर्माण सम्पन्न भएको सत्तलको समेत समुद्घाटन गरिएको छ ।

सांसद चापागाईको पहलमा पर्यटन तथा संस्कृति मन्त्रालय बाट प्राप्त दुई लाख र स्थानीय संघ सस्था तथा समाजसेवीहरुको चन्दा संकलन १ लाख १९ हजार गरी कुल ३ लाख १९ हजार लागतमा सो सत्तल निर्माण गरिएको निर्माण समितिका अध्यक्ष राम खड्काले जानकारी दिनुभयो ।

सो कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य दाता राम चापागाई, गाबिस सचिब शेखर प्रसाद घिमिरे लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । न्यू कोट कालिका युवा क्लबको आयोजनामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको अध्यक्षता मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष टेक बहादुर खड्काले गर्नु भएको थियो भने सहभागीहरुलाई स्वागत क्लबका संस्थापक बिष्णु प्रसाद सुबेदी र संचालन बासुदेब शर्माले गर्नु भएको थियो ।

दर्शकको संख्या बढेसँगै आयोजकको हौसला बढ्यो

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अबसरपारि कुश्मामा आयोजना गरीएको तिज गित प्रतियोगिता तथा धौलागिरीका कलाकारहरुलाई सम्मान कार्यक्रमको दोस्रो दिन  दर्शकहरुको सहभागीता ह्वात्तै बढेको छ ।

समाज कल्याण महिला समुह र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतको आयोजनामा शुरु भएको उक्त मेलाको दोस्रो दिनमा स्थानीय कलाकारहरुले गीत र नृत्य मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । 

कार्यक्रममा दर्शकको उल्लेखनीय सहभागिता भएपछि पहिलो दिनमा गीत गाउनको लागि छोडेर बसेका कलाकारहरुले स्टेज तताएका  थिए । दर्शकको संख्या बाक्लो देखेपछि कलाकारहरुमा जोश र जाँगर बढेको देखिन्थ्यो । कलाकारले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नको लागि भरपुर प्रयास गरेका थिए ।

उक्त कार्यक्रम २१ गतेसम्म चल्नेछ । महिलाहरुको महान् पर्वको अबसरमा आयोजना गरीएको उक्त कार्यक्रमको पहिलो र दोस्रो दिनमा प्रवेश शुल्क नतोके पनि आज र भोलि भने कार्यक्रमको खर्च उठाउनको लागि  आयोजकले टिकट शुल्क उठाउने बताएको छ ।  टिकट शुल्क भने ३० रुपैयाँ सम्मको हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ