फेसबुकमा चिनजान भई जन्म दिन छ भनेर भेट्न बोलाई सामुहिक बलात्कार

साझासवाल

जेठ २३, काठमाडौँ | बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। फेसबुकमा एक वर्षदेखि चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन छ भनेर भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराज लगायत ७ जनाले बलात्कार गरेको बाँके प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए ।

घटना २१ गते राती र २२ गते बिहानको हो । प्रहरीले खजुरामा चेकजांच गर्दा किशोरी लठ्ठिएको देखेपछि कार्यालयमा लगेर सोधपुछ गर्दा घटना बाहिर आएको हो ।

किशोरीलाई शुरुमा मानखोलाको जंगल र पछि बैजनाथस्थित टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। मानखोलाको जंगलमा ५ जना र टहरामा लगेर २ जनाले बलात्कार गरेको प्रहरीले बताएको छ ।

Leave a Comment

Leave a Reply