वरिष्ठ संरक्षण कार्यक्रम निर्देशक डा. गुरुङद्धारा भवनको उद्घाटन<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वरिष्ठ संरक्षण कार्यक्रम निर्देशक डा. गुरुङद्धारा भवनको उद्घाटन<"/>

2026-09-19 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको बगरापुरमा १३ लाख बढीको लागतमा तरकारी संकलन केन्द्र भवनको निर्माण


वरिष्ठ संरक्षण कार्यक्रम निर्देशक डा. गुरुङद्धारा भवनको उद्घाटन

सन्तोषकुमार गुप्ता/भदौ २०, देउखुरी । देउखुरीको सिसहनियाँ—९ बगरापुरमा अत्याधुनिक सुविधा सम्पन्न सामुदायिक तरकारी संकलन केन्द्र तथा बहुउद्देश्य भवनको निमार्ण गरिएको छ । डब्लु डब्लु एफ, नर्ती सामुदायिक वन समन्वय समिति, सिसहनियाँ गाविस, समुदाय र विभिन्न संघ सस्थाहरुको अनुदानमा  १३ लाख ५० हजारको लागतमा उक्त भवन निमार्ण गरिएको हो । 

केन्द्रमा तरकारी संकलन देखि लिएर तरकारी बाली र खाद्यन्न बालीको बिउ बिजन समेत पाइने भएको छ । 

तरकारी संकलन केन्द्र नहुँदा सिसहनियाँका किसानहरु उत्पादित कृषिजन्य बस्तु देउखुरीको प्रमुख व्यपारिक केन्द्र लमही र भालुवाङमा सस्तो मुल्यमा बिक्री गर्नु पर्ने बाध्यता रहेको थियो । उत्पादित बस्तुहरु बजारमा बिक्री गर्दा लागत मुल्य भन्दा कम मुल्यमा बेच्दा किसानहरुले बर्षे लाखौँ रकम घाटा बेर्होनु पर्ने बाध्यता रहेको नव प्रतिभा कृषक सहकारी संस्थाका अध्यक्ष प्रेमलाल चौधरीले बताए । 

चाडै बिग्रिने तरकारीजन्य बस्तुहरु भण्डारन गर्न संकलन केन्द्र नहुँदा हामीले निकै दुख र घाटा बेर्होनु प¥यो चौधरीले भने । आफ्नै गाउँमा केन्द्रको स्थापना भए पछि स्थानिय किसान तथा उपभोक्ता प्रत्यक्ष लाभन्दित हुनुका साथै निकै खुसी भएका छन् । 

यसैबीच केन्द्रको सोमवार एक कार्यक्रमका आयोजना गरी उद्घाटन गरिएको छ । नव प्रतिभा कृषक सहकारी संस्था लिमिटेड बगरापुर र नर्ती सामुदायिक वन समन्वय समिती लमहीको संयुक्त आयोजनमा भवनको उद्घाटन गरिएको हो । 

सहकारी संस्थाका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता एवम् वरिष्ठ संरक्षण कार्यक्रम निर्देशक डा. घनश्याम गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि गुरुङले रिवन काटेर भवनको उद्घाटन गरेका थिए । तरकारी संकलन केन्द उद्घाटन कार्यक्रममा बोल्दै डा. गुरुङले तरकारी संकलन केन्द्र मार्फत किसानहरुल सर्व सुलभ तरिकाले फाइदा लिन सकिने हुदा केन्द्रलाई दिगो रुपमा सञ्चालन गर्न सहकारी संस्थाले विषेश ध्यान दिनु पर्ने बताए । 

संस्थाका व्यवस्थापक संगिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आयोजना सह—प्रर्वन्धक प्रदिप बुढाथोकी, नर्ती सामुदायिक वन समन्वय समिति लमहीका उपाध्यक्ष लक्ष्मण पौडेल, समाजसेवी तथा बुद्धिजिवी देवनारायण चौधरी, डब्लु डब्लु एफका भाष्करदेव चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

संस्थाका कोषाध्यक्ष हरिप्रसाद चौधरीको विषय वस्तु प्रवेशबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव हरिचन्द्र चौधरीले गरेका थिए  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह