ललित बोहरा | भदौ २०, डडेल्धुरा | शान्ती स्थापना भईसकेको लामो समय विति सक्दा सम्म पनि डडेल्धुरा जिल्लामा द्वन्द्वकालमा क्षती भएका सरकारी भवनको पुर्न निर्माण हुन सकेको छैन । द्वन्द्वकालमा तत्कालिन माओवादी ले डडेल्धुरा जिल्लाका ग्रामि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | भदौ २०, डडेल्धुरा | शान्ती स्थापना भईसकेको लामो समय विति सक्दा सम्म पनि डडेल्धुरा जिल्लामा द्वन्द्वकालमा क्षती भएका सरकारी भवनको पुर्न निर्माण हुन सकेको छैन । द्वन्द्वकालमा तत्कालिन माओवादी ले डडेल्धुरा जिल्लाका ग्रामि"/>
2026-09-19 05:02 AM
डडेलधुरा - DDL

कहीले हो द्वन्द्वकालमा क्षती भएका डडेल्धुराका सरकारी संरचना पुर्ननिर्माण गर्ने ?

ललित बोहरा | भदौ २०, डडेल्धुरा | शान्ती स्थापना भईसकेको लामो समय विति सक्दा सम्म पनि डडेल्धुरा जिल्लामा द्वन्द्वकालमा क्षती भएका सरकारी भवनको पुर्न निर्माण हुन सकेको छैन । द्वन्द्वकालमा तत्कालिन माओवादी ले डडेल्धुरा जिल्लाका ग्रामिण क्षेत्र देखी सदरमुकाम सम्माका दर्जर्नौ सरकारी कार्यालयमा क्षती पुगाएको थियो । क्षती पुगाइएका सरकारी कार्यालयको पुर्न निर्माण हुन नसक्दा सेवा प्रवाहमा समस्या भएको छ । 

कार्यालय संचालनका लागि भाडामा भवन लिदा एका तर्फ व्ययभार वढेको छ, भने अर्को तर्फ सेवा प्रवाहमा समस्या हुने गरेको क्षतिभएका कार्यालय प्रमुखहरुले वताएका छन् । जिल्लाका गाविस भवन सवैभन्दा वढी क्षती पुगाएको थियो । यसैगरी ईलाका वन कार्यालय, स्वास्थ्य चौकी, हुलाका कार्यालय, कृषि सेवा केन्द्र, सहित सदरमुकाम क्षेत्रमा रहेको कृषि विकास वैंक,अमरगढी नगरपालीकाको भवन, र जिल्ला विकास समितिको कार्यालय डडेल्धुरामा पनि क्षती भएको भएपनि १० वर्ष विति सक्दा सम्म पनि यि कार्यालयहरुको पुर्ननिर्माण नहुदा सेवाग्रहीलाई निकै समस्या भएको छ । पुनः निर्माणकालागि पटक पटक पठाएको भएपनि माथिवाट कुनै प्रकृया नआएका कारण समस्या भएको बगरकोट गाविस सचिव मातृका प्रशाद भट्टले वताउनु भयो । वहाका अनुसार ईलाका हुलाक कार्यालय अजयमेरु,ईलाका हुलाक कार्यालय नवदुर्गा,कृषि सेवा केन्द्र चिपुर, रेञ्जपोष्ट आलिताल,कृषि सेवा केन्द्र डाडावन, ईलाका हुलाक कार्यालय लामिकाडे भागेश्वर, रेञ्जपोष्ट गणेशपुर, ईलाका हुलाक कार्यालय उग्रतारा पोखरा, ईलाका हुलाक कार्यालय जोगवुढा, रेञ्जपोष्ट रुपाल, र जिल्ला विकास समितिको कार्यालय डडेल्धुराको पुर्न निर्माण गर्नु भएको छ । 

यसैगरी क्षती भएका भौतीक संरचनाको विवरणमा नपरेका सरकारी कार्यालयमा गणेशपुर गाविस भवन, मणिलेक, वेलापुर, अजयमेरु, भद्रपुर, देवलदिव्यपुर, गांखेत, बगरकोट, असिग्रा गाविस रहेका छन् भने पशुसेवा केन्द्रमा गणेशपुर, डाँडावन, गाङखेत, रहेका छन् यसैगरी ईलाका हुलाक कार्यालय गैरा रहेका छन् । गाविसको भवन नहुँदा एउटै कोठामा सम्पुर्ण सेवा दिदा समस्या हुने गरेको वगरकोट गाविसका सचिव भट्टले वताउनु भयो ।  स्वास्थ्य चौकी वगरकोटको एक कोठा भाडामा लिई  गाविसका काम काज संचालन गर्दा समस्या हुने गरेको छ । एउटै कोठामा राखेर सेवा सेवा दिदा कागजात हराउने, भिड भाड हुने भएपछि सेवा छिटो दिन नसकिने एकातर्फ छ भने अर्को तर्फ घर भाडा तिर्दा गाविसलाई व्यवभार वढ्ने समस्या रहेको समेत भट्टले वताएका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई