उमा केसी/भदौ २१, रोल्पा । ओत गाविस रोल्पाको सदरमुकामदेखि २२ कोष दूरीमा पर्छ । सोही गाविसको वडा नं ८ र ९ फैलिएको एउटा गाउँ ओइलाममा रहेको बाक्लो बस्तीमा भने पानीको अभाव छ । 

ओत–८ ओइलामकी मीना वली बिहान ४ बजे उठेर पँधेरा जान्छिन् । पँध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उमा केसी/भदौ २१, रोल्पा । ओत गाविस रोल्पाको सदरमुकामदेखि २२ कोष दूरीमा पर्छ । सोही गाविसको वडा नं ८ र ९ फैलिएको एउटा गाउँ ओइलाममा रहेको बाक्लो बस्तीमा भने पानीको अभाव छ । 

ओत–८ ओइलामकी मीना वली बिहान ४ बजे उठेर पँधेरा जान्छिन् । पँध"/>

२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पालीहरु भगवानको भरोसामा फोहर पानी खान बाध्य

२०७३, २१ भाद्र मंगलवार ११:४८

उमा केसी/भदौ २१, रोल्पा । ओत गाविस रोल्पाको सदरमुकामदेखि २२ कोष दूरीमा पर्छ । सोही गाविसको वडा नं ८ र ९ फैलिएको एउटा गाउँ ओइलाममा रहेको बाक्लो बस्तीमा भने पानीको अभाव छ । 

ओत–८ ओइलामकी मीना वली बिहान ४ बजे उठेर पँधेरा जान्छिन् । पँधेरामा पुग्दा उनीभन्दा अगाडि नै पानी भर्नेको लर्को लागिसकेको हुन्छ । घरदेखि एक घन्टा टाढा रहेको उक्त पँधेरामा उनी जस्ता २५० घरले पानी उपभोग गर्छन् । 

पानी भर्न जाँदा एक घन्टा लाग्छ । त्यसमा पनि लामो समय पालो कुरेर बस्नुपर्दा घरका अन्य कामसमेत नभ्याइने सोही वडाकी भावना वलीको भोगाइ छ । कपडा धुन र नुहाउन साह्रै समस्या छ, बालीनाली लगाउनलाई आकासको पानी कुर्नुपर्छ । महिलाले बढी पानीको प्रयोग गर्नुपर्ने हुँदा पानीको समस्याबाट महिला नै बढी पीडित हुने गरेको वलीको भनाइ छ । 

यस्तो पानी खान्छौँ सधैँ रोगी छाँै, कहिले पशु बिरामी कहिले मान्छे । भगवान् भरोसा यस्तो पानी खाँदासमेत भगवान्ले बचाएका छन् । खानका लागि नै पानी नभएपछि व्यक्तिगत र वातावरणीय सरसफाइ हुने कुरै भएन । गाग्रोमा बोकेर ल्याएको पानीले चर्पीमा समेत प्रयोग गर्नुपर्ने बाध्यता छ भने पानी नभएपछि जग्गामा तरकारीखेती गर्ने कुरै भएन त्यसैले त्यहाँका प्रायः सबै पुरुष रोजगारीका लागि बाहिर जाने गर्छन् । 

न त सरकारले खानेपानी योजनामा सहयोग गर्छ । न खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्न भनी आएका सङ्घसंस्थाले नै देखेका छन् । योजनाका लागि कैयाँै पटक भनसुन गरे पनि कसैले नसुनेको गाउँलेको गुनासो छ । दुई वटा वडामा करिब ८०० मतदाता रहेका कारण चुनावका बेला भने ओइलाम जान छुटाउँदैनन् पार्टीका नेताहरु । चुनावका बेला घर घरमा पानी पु¥याइदिने भन्दै मीठो सपना बाँडेर चुनाव जित्नेहरु त्यसपछि भने फर्कने नगरेको स्थानीयवासी हरिप्रसाद वलीको दुःखेसो छ । 

पानीको अत्यधिक समस्याले सधैँभरि पशु र मान्छेले एउटै पोखरीको पानी खाने गरेको उहाँ बताउनुहुन्छ । दलित र क्षेत्रीको बासोबास रहेको सो गाउँमा भएका मुहानसमेत साँगुरिँदै जाँदा समस्या बढेको हो । अरु गाउँमा त खानेपानीको योजना लिएर सङ्घसंस्था आउँछन् भनेको सुनिन्छ तर यहाँ त कसैको नजर अहिलेसम्म पुगेको छैन वली भन्नुहुन्छ । 

माओवादी जनयुद्धताका ‘श्रीलङ्काको टापु’ नामाकरण गरिएको सो गाउँ उच्च भौगोलिक अवस्थितिका कारण हत्तपत्त बाहिरका मान्छे जान नमान्ने गरेको स्थानीयवासी बताउँछन् । 

फागुनदेखि जेठ महिनासम्म पोखरीको पानी पनि सुक्ने हुँदा पानीको हाहाकार हुने गर्छ । पशु र मान्छेले खाने एउटै पानी हुँदा विभिन्नखालका पानीजन्य रोगको प्रकोपसमेत बढिरहेको स्थानीय बासीको गुनासो छ । दिउँसो गाईबस्तुले खाने हुँदा राति वा बिहानमात्र मान्छेले खानका लागि पानी भर्न जानुपर्ने बाध्यता छ । 

अहिलेसम्म कसैले पनि त्यहाँ खानेपानीको कार्यक्रम लिएर आएका छैनन् । अप्ठ्यारो ठाउँ भएर होला नि सजिलो ठाउँमा काम गर्न पल्केकाहरुले कसरी अप्ठ्यारो ठाउँमा हात हालुन् ? सबैले बलेकै आगो ताप्ने त हो नि वलीको आक्रोश छ । 

खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय प्रमुख मोहनबहादुर कुँवरले हालसम्म ती वडामा खानेपानीको कुनै योजना नपरेको तर गाविसका अन्य वडामा भने खानेपानी योजनाका काम सञ्चालन भएको बताउनुहुन्छ । 

ओइलाम रोल्पाका विकट गाउँहरुको प्रतिनिधिमूलक ठाउँ हो । जिल्लामा खानेपानीको समस्या भोगेका यस्ता कैयौँ गाउँ छन्, जहाँ अहिलेसम्म पनि खानेपानीको न्यूनतम सेवा उपलब्ध हुन सकेको छैन । उक्त कार्यालयको अभिलेखअनुसार जिल्लामा ९० प्रतिशतले खानेपानीको सेवा उपभोग गरेका छन् । तीमध्ये करिब ४० प्रतिशत योजना तत्काल पुनःनिर्माण वा मर्मत गर्नुपर्ने देखिएको कार्यालय प्रमुख कुँवरको भनाइ छ । 

कागजमा खानेपानीको पहुँच धेरै देखिए पनि वास्तविकता त्यसो नभएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाइ छ । सरकारले सन् २०१७ सम्म सबै नेपालीलाई न्यूनतम खानेपानीको सेवा उपलब्ध गराउने भने पनि यस्तो अवस्था हेर्दा अझै कैयाँै वर्षसम्म यो समस्या जस्ताको तस्तै रहने हो कि भन्ने आशङ्का बढेको छ । 

गत पुस ९ गते रोल्पा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नुका साथै पूर्ण सरसफाइयुक्त जिल्ला घोषणका लागि अभियानसमेत सञ्चालन भइरहेका छन् तर खानेपानीमा जनताको पहुँच नपुग्ने हो भने स्वास्थ तथा दिगो सरसफाइमा समेत चुनौती थपिन सक्ने अध्यक्ष आचार्य बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट