भदौ २१, पर्बत । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले शसस्त्र प्रहरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २१, पर्बत । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले शसस्त्र प्रहरी"/>

2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शसस्त्र प्रहरी बल चण्डीका गणका एसपी थापा सम्मानित


भदौ २१, पर्बत । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाले शसस्त्र प्रहरी बल चण्डीका गणका प्रमुख एसपी थापालाई सम्मानित गरेको छ । 

गणका प्रमुख एसपी कृष्ण कुमार थापा क्षेत्री गुप्तेश्वर गुफामा निर्माणाधिन भौतिक संरचनाको निर्माणमा पुराएको सहयोगका कारण सम्मानित भएका हुन् । गणकै हाताभित्र गुप्तेश्वर विकास संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठको नेतृत्वमा पुगेका गुफाका पदाधिकारीहरुले एसपी थापालाई सम्मान गरेको हो । संस्थाले सम्मानित थापालाई नागरिक अभिनन्दन पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो भने मायाको चिनो स्वरुप करुवा उपहार दिईएको थियो ।

सो कार्यक्रममा सम्मानित भईसकेपछि आप्mनो भनाई राख्दै एसपी थापाले भने–‘धार्मिक तथा पर्यटकीय महत्वको गुफालाई सहयोग गर्न पाउनु शसस्त्र प्रहरीकै लागि गौरवको कुरा हो । हामी जनताको सेवक भएकोले जनतासँग हातेमालो गर्न पाउदा हामीलाई खुशी लागेको छ ।’ 

उनले जस्तो सुकै परिस्थितिमा पनि जनताको सेवा गर्न शसस्त्र प्रहरी तयार रहेकोले विना संकोच सहयोग गर्न आग्रह समेत गुफाका पदाधिकारीहरुलाई गरे । सम्मानित भएका एसपी थापाले खुशी हुँदै भने–‘मेरो र शसस्त्र प्रहरी बलको उच्च मूल्यांकन गरी सम्मान गर्नु भएकोमा तपाईहरुप्रति उच्च सम्मान गर्न चाहन्छु ।’ उनले गुफाको विशिष्ट सदस्य समेत लिएका छन् ।

सोही वीच गुफाका पदाधिकारीहरुले कार्यक्रममा बोल्दै एसपी थापा र शसस्त्र प्रहरी गण परिवारको सहयोगका लागि धन्यवाद दिएका थिए । सोही गुफाका अध्यक्ष श्रेष्ठले सहयोग प्रदान गर्ने एसपी थापालाई धन्यवाद दिदै भने–‘ पहिरो खसेर गुफामा रहेको कच्ची भौतिक संरचना भत्किएको थियो । 

पक्की भवन निर्माण नगरी भएको थिएन तर गुफाको भौतिक संरचना निमांणको क्रममा आर्थिक अभाव थियो । यस्तो कठिन अवस्थामा शसस्त्र प्रहरीले श्रमदान गरेर ठुलो सहयोग पुराउदै आएको छ । शसस्त्र प्रहरीको सहयोग नभएको भए निर्माण कार्य तीव्ररुपले अगाडि बढ्ने थिएन ।’

गुप्तेश्वर गुफामा अहिले पक्की भवन निर्माणको कार्य अन्तिम चरण पुगेको छ । कुश्मा बजारदेखि करीव ५०० मी तल पर्ने गुफामा गाडी गुड्ने बाटो बनाउन नसक्दा निर्माण सामाग्रीहरु ढुंगा, गिटी, बालुवा लगायत मानिसले नै बोकेर लैजानुपर्छ । निर्माण सामाग्री गुफासम्म पुराउने र अन्य निर्माणको कार्यमा शसस्त्र प्रहरीले सहयोग गर्दै आएको छ । 

शसस्त्र प्रहरीले धार्मिक तथा पर्यटकीय महत्वको गुफाको भौतिक संरचना निर्माणमा सहयोग पुराए वापत उच्च सम्मान गर्दै एसएसपी थापालाई सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ । 

उक्त सम्मान कार्यक्रममा गुफाका वरिष्ठ सल्लाहकार लोकनाथ आचार्य, निर्माण समितिका कोषाध्यक्ष शिवप्रसाद सुवेदी, सचिव विष्णु नेवार, सदस्यहरु प्रनिश गिरी, चन्द्र बहादुर क्षेत्री लगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो