Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सन्दीप क्षेत्रीको धनगढीमा प्रस्तुति, प्रवेश नि:शुल्क

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ९, काठमाडौं | स्टान्डअप कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीको शुक्रबार(असार १०) गते धनगढीमा कार्यक्रम हुने भएको छ । एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई लक्षित गर्दै एसपीए कलेज धनगढीले स्टान्डअप कमेडियन कलाकार सन्दीप क्षेत्रीलाई धनगढीमा निम्त्याएको हो ।

ओम प्यालेस धनगढीमा हुने कार्यक्रममा एसईई र कक्षा १२ का विधार्थीहरुसँग सन्दीपले करिअर काउन्सलिङ तथा अन्तक्रियात्मक सेसनहरु गर्नुहुनेछ । साथै कार्यक्रममा क्षेत्रीको विशेष प्रस्तुतीसमेत रहनेछ ।

कार्यक्रम बिहान ११ बजेदेखि ओम प्यालेस धनगढीमा सुरु हुनेछ । आयोजक एसपीए कलेजले एसईई र १२ कक्षा दिएका विधार्थीहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गरेको छ । नि:शुल्क इन्ट्रि टिकेट एसपीए कलेजको फेसबुक पेजबाट अथवा सिधै कार्यक्रमस्थलमा समेत प्राप्त गर्न सकिनेछ ।