असार १०, काठमाडौं | दाङको जेलमा परेकी ३७ वर्षीया महिलाले बच्चा जन्माएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म तरङ्ग आएको छ । बच्चा जन्मनु सामान्य विषय भएपनि तरङ्ग आउनुमा भने बच्चाको सम्बन्ध डडेलधुरासम्म जोडिनुले हो ।

डडेलधुराका एकजना प्रभावशाली काँग्रेस नेतासँग आफ्नो सम्बन्ध रहेको र बच्चा बसेको महिलाले बताएकी छिन् । ३७ वर्षीया महिलाले शनिबार राप्ती प्रादेशिक अस्पतालमा छोरा जन्माएपनि बच्चाको बाबु बारे चासो हुँदा डडेलधुराका काँग्रेस नेताको नाम लिएकी थिइन् ।

दाङको लालमटियास्थित लघुवित्तमा रकम हिनामिनाको अभियोगमा महिला कारागार चलान गरिएकी हुन् । उच्च अदालत तुलसीपुरले उनीमाथि रकम हिनामिनाको ठहर गर्दै ३० लाख धरौटी राख्न आदेश दिएको थियो । रकम तिर्न नसकेपछि महिला गर्भधारण गरेकै अवस्थामा जेल पुगिन् ।

२८ जेठमा कारागार चलान गरिएकी उनले ४ असारमा राप्ती प्रादेशिक अस्पतालमा छोरालाई जन्म दिइन् । बच्चाको बाबुबारे खोजविन हुँदा डडेलधुरास्थित काँग्रेसका नेताको नाम भनिन् । कामको सिलसिलामा फेसबुकमा चिनजान भई विवाह प्रस्ताव गरेपछि काठमाडौंमा पुगी होटलमा सँगै बसेको बताएकी छिन् । गर्भ रहेपछि बच्चा फाल्न दबाब दिन थालेपनि नमानेको महिलाको दाबी छ ।

बच्चा पाउन समय पुगकी महिला जेल परेपछि डडेलधुराका ती नेता निकै तनावमा थिए । उनले आफूले ती महिलालाई नचिनेको दाबी गरेको बुझिएको छ ।

अविवाहित महिलाले दाङको जेलमा बच्चा जन्माउँदा बालुवाटारसम्म तरंग
Leave a Comment