२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अखिल क्रान्तिकारी पर्साको विस्तारित भेला सम्पन्न

२२ माघ २०७२, शुक्रबार १४:२३

माघ २२, पर्सा ।  अखिल क्रान्तिकारी
पर्साको विस्तारित भेला आज सम्पन्न भएको छ । विस्तारित भेलाको कार्यक्रमका प्रमुख अतिथि एवं अखिल
क्रान्तिकारीका केन्द्रीय सचिव तथा प्रदेश नम्बर २ का इन्चार्ज रामबाबु बैठाले उदघाटन गर्नुभयो

कार्यक्रममा बोल्दै इन्चार्ज बैठाले देश निर्माणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेकोले
अखिल क्रान्तिकारीमा लागेको विद्यार्थीहरु देश र जनता प्रति वफादार रहनुपर्ने बताउनुभयो । कार्यक्रममा
विशिष्ठ अतिथि एमाओवादीका केन्द्रीय सदस्य एवं पर्सा संयोजक विजय महतो, अखिल क्रान्तिकारीका सचिवालय
सदस्य संतोष घिमिरे, २ नम्बर प्रदेशका संयोजक महेशलाल यादव, केन्द्रीय सदस्यहरु उमेश कुश्वाह लगायतले
मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एमाओवादीका जिल्ला सदस्य रामप्रकाश कुवँर, मदिस मियाँ, नेपाल
पत्रकार महासंघ पर्साका सचिव कृष्णउदास खनाल, क्रान्तिकारी पत्रकार संघ पर्साका अध्यक्ष निरज पिठाकोटे
लगायतको उपस्थिति रहेको थियो ।

अखिल क्रान्तिकारीका पर्सा इन्चार्ज प्रभाकर गुप्ताको अध्यक्षतामा
भएको कार्यक्रमको संचालन जिल्ला अध्यक्ष सुनिल रौनियारले गर्नुभएको थियो । यसैबीच विस्तारित भेलाले
सुनिल रौनियारको अध्यक्षतामा ४९ सदस्यीय अखिल क्रान्तिकारी पर्साको कार्यसमिति चयन गरिएको छ । समितिको
उपाध्यक्षमा रिखी साह, पन्नालाल पटेल, सचिवमा प्रदीप गुप्ता, सहसचिवमा जियालाल कुश्वाहा र सुरेश ओझैया
रहेका छन् । त्यस्तै सदस्यहरु बनारसी बाँनिया, सुनील साह, श्रवण रौनियार, अमृता पौडेल, सम्झना तिवारी,
विशाल थापा, रवि कुमार, दीपेन्द्र कडेँल, लगायत ४९ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते