पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २२, मोरङ । बाबा रामदेव कनकी धामका लागि विराटनगरबाट १३ जनाको टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ ।

मारवाडी समुदायको पवित्र तिर्थ स्थलको रुपमा रहेको कनकी धामका लागि हिजो अपरान्ह राजु शर्मा रांगाको संयोजकत्वमा एक टोली त्यसतर्फ गएको हो । विराटनगरबाट १७० किलोमिटरको दूरीमा रहेको कनकी धाम पैदल यात्रा गर्दै सो टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

टोलीमा अशोक लुनिया दिलीप धाडेवा, विनोद अटल, नवीन तवर, विजय तवर, लक्ष्मी पत भुरावाला, सुरेश महतो, पवन अटल, बाबुलाल अग्रवाल, मनोज भगत, संजय शर्मा, निर्मल बोथरा रहनु भएको छ । सो धार्मिक टोलीले करिब एक हप्ताको पैदल यात्रा गर्दै धामको दर्शन गर्ने जनाइएको छ ।