१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

महासंघको बैठक सम्पन्न, गिरी पुरस्कार श्रेष्ठलाई

२६ माघ २०७२, मंगलवार ०८:२६

माघ २६,
वीरगन्ज ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको एघारौं पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ

पत्रकार महासंघ पर्सा शाखाको वीरगन्ज–१५ स्थित कार्यालयमा
सम्पन्न भएको एघारौं पूर्ण बैठकले शाखाका पूर्व अध्यक्ष गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको स्वर्गीय
गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कारबाट यस बर्ष एभीन्यूज टेलिभिजनका वीरगन्ज ब्यूरो प्रमुख राजु
श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ ।

पुरस्कार बितरणका लागि
शाखाका उपाध्यक्ष धुब्र साहको संयोजकत्वमा गठन गरिएको पुरस्कार छनौट समितिले नाउ सिफारिस गरेको आधारमा
श्रेष्ठलाई फागुन ४ गते एक कार्यक्रम गरी प्रदान गर्ने बैठकले निर्णय गरेको नेपाल पत्रकार महासंघ पर्सा
शाखाका सचिव कृष्णउदास खनालले जानकारी दिनुभयो ।

यसरी नै
पत्रकार महासंघ पर्सा शाखको बैठकले शाखाले पूर्व अध्यक्ष शत्रुघन नेपालको संयोजकत्वमा गठन गरेको
कार्यदलले बुझाइएको सदस्यता शुद्धीकरण, नवीकरण, स्थान्तरण र बितरणको प्रतिवेदनमाथि छलफल गरी झण्डै चार
दर्जन सदस्यहरुको सदस्यता नवीकरण नगर्ने, स्थान्तरण गर्ने समेत निर्णय गरेको छ ।

पत्रकारिता पेशामा हाल कृयाशिल नभएका, राजनीतिक दलको उच्च नेतृत्वमा रहेका,बिभिन्न
सरकारी तथा अर्धसरकारी र बित्तीय संस्थामा कार्यरत रहेका सदस्यहरुको नवीकरण नगर्ने र जिल्ला बाहिर रहेर
पत्रकारिता गरेकाहरुलाई सदस्यता स्थानन्तरणका लागि आग्रह समेत बैठकले गरेको छ ।

नेपालको संयोजकत्वमा गठन गरेको कार्यदलमा शाखाका उपाध्यक्ष धुब्र साह सहित पूर्व
अध्यक्षहरु क्रमशः केसी लामिछाने, अशोक तिवारी, दीपेन्द्र चौहान तथा प्रेस युनियनका केन्द्रीय सदस्य
बिजय कुशवाहा, प्रेस चौतारीका केन्द्रीय सदस्य लालबावु शेख, क्रान्तिकारीका छठु साह र शाखाका पार्षद
रामनारायण कुर्मीले सोमबार बुझाएको प्रतिवेदनमा आधारमा मंगलबारको बैठकमा छलफल भएको हो ।

नयां सदस्यताको बिषयमा भने अर्को बैठकले टुंगो लगाउने गरी निर्णय बैठकले गरेको
छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराको अध्यक्षतमा उक्त बैठक सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का