Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 7, 2016 झापा - JP, समाज

झापाका ८२ प्रतिशत जनता शुद्ध खानेपानीको पहुँचमा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २२, झापा । झापामा शुद्ध खानेपानीमा ८२ प्रतिशत जनताको पहुँच विस्तार भएको दाबी गरिएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले आर्थिक वर्ष २०७२/०७३ को अन्त्यसम्ममा झापाको कुल जनसङ्ख्या मध्ये ८२.५० प्रतिशत जनताको शुद्ध पिउने पानीमा पहुँच भएको तथ्य सहित दाबी गरेको हो ।

३३ गाउँ विकास समिति र ८ वटा नगरपालिका रहेको झापामा ८ लाख १२ हजार ६ सय ५० जनसङ्ख्या रहेकोमा ८२.५० प्रतिशतले आधारभूत स्वास्थ्यका लागि उपयोगी शुद्ध पानी पिउने वातावरण रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले वातावरणीय स्वास्थ्यका लागि खुला दिशामुक्त अभियान सञ्चालन गर्दै ५ वटा गाविस खुला दिशामुक्त बनाइ सकेको छ भने बाँकी गाविस तथा नगरपालिका आर्थिक वर्ष २०७३/०७४ को अन्त्यसम्ममा खुला दिशामुक्त हुने गरी काम अगाडि बढिरहेको कार्यालय प्रमुख चोकप्रसाद धितालले जानकारी दिए । प्रमुख घितालका अनुसार झापाका दुवागढी, खुदुनावारी, धाइजन, बुधवारे र जलथल गाविस खुला दिशामुक्त भइसकेका छन् ।

अहिले पनि झापामा २२.४१ प्रतिशत घरधुरी सङ्ख्या चर्पीविहीन छन् भने १७.५० प्रतिशत जनता शुद्ध पिउने पानी सेवाबाट टाढा रहेको पाइएको छ । सन् २०१६ भित्र आधारभूत स्वास्थ्यका लागि शुद्ध पिउने पानी र खुला दिशामुक्त समाज निर्माण अभियान पूरा हुनेमा शङ्खा उत्पन्न भएको छ ।