पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २२, चारआली । पूर्वका ४ जिल्लामा रहेका सुपारी उत्पादकहरु सङ्गठित भएका छन् ।

झापाको चारआलीका सोमबार भएको भेलाले निलकण्ठ तिवारीको अध्यक्षतामा ७ सदस्यीय सुपारी उत्पादक केन्द्रीय समिति गठन गरिएको हो ।

भेलामा झापा, इलाम, मोरङ र सुनसरीका सुपारी उत्पादक कृषक सहभागी भएका थिए । भेलाले मंसिरमा समितिको अधिवेशन गर्न सदस्यता वितरण गर्ने निर्णय गरेको अध्यक्ष तिवारीले बताए ।

नगदेबाली सुपारीको उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि समितिले काम गर्ने जनाएको छ ।