२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

महिला अधिकारकर्मी संग वीरगंजेली युवा नेताहरुको छलफल कार्यक्रम सम्पन्न

२७ माघ २०७२, बुधबार १२:५७

parsa newsमाघ २७, वीरगंज । मधेसका चर्चित एवं क्रियाशिल अधिकारकर्मी द्वव रीता साह र रुपा झाले
मधेस आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरेका वीरगंजका युवा नेताहरु संग भेटघाट गरेका छन् ।

आज होटल हिरा प्लाजामा आयोजित भेटघाट कार्यक्रमको मुख्य बिषय जारी मधेस
आन्दोलनलाई तपाई कसरी लिनुभएको छ , आन्दोलनमा युवा र महिलाको भुमिका र आन्दोलनमा राज्यले गरेको व्यवहार
बिषयमा छलफल मुख्य रुपमा केन्द्रित रहेको थियो । अधिकारकर्मीद्वव साह र झाले मधेसको अधिकांस जिल्लाहरु
भ्रमण एवं स्थलगत अवलोकन गर्दै आज वीरगंज आईपुगेका हुन ।

छलफल
कार्यक्रममा नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले राज्यले जहिले पनि मधेसीहरुलाई अधिकार र पहिचान
बाट बंचित गरेको हुनाले देशमा अस्थितरता उत्पन्न भएको बताए । जारी मधेस आन्दोलनमा केन्द्रिय नेतृत्वको
तालमेलको कमी र ठोस योजना संगै निषेदको राजनितीले गर्दा मधेसीहरुले पाएको उपलब्धि पनि गुम्ने खतरा रहेको
बताएका थिए ।

छलफलमा आफनो धारणा राख्दै संघीय समावेसी मधेसी
युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादवले मधेस आन्दोलन सफल पार्नका लागि मधेसमा क्रियाशिल मधेसवादी
पार्टीहरु एक मोर्चा बनाउन अपरिहार्य रहेको बताउदै आन्दोलनको दौरानमा ठुला पार्टीका नेताहरुले मधेसवादी
दलका नेताहरुलाई बदनाम गर्नुको साथै आन्दोलन तुहाउने काम मात्र गरेको बताए । राष्ट्रिय मधेस समाजवादी
पार्टी पर्साका सचिव धर्मेन्द्र पटेलले आन्दोलन सफल पार्नका लागि व्यक्तिगत ईगो त्याग गरी अब मधेसमा
महागठबन्धनको आवश्यकता रहेको बताएका थिए ।

मधेस आन्दोलनकारी
समिती वीरगंजका संयोजक बिनेश पटेलले निषेदको राजनितीलाई अन्त्य गरी मधेस आन्दोलन सफल पार्नका लागि मधेसी
मोर्चा ,गठबन्धन र मधेस आन्दोलनमा सक्रिय संगठनहरुको बृहत मोर्चा नबनाए सम्म जारी मधेस आन्दोलन सफल
नहुने बताएका थिए ।

छलफल कार्यक्रममा तराई मधेस राष्ट्रिय
अभियान पर्साका संयोजक प्रमोद सिंह, युवा गठबन्धनका नेताहरु ओमप्रकास सर्राफ,असरफ अली, रमेश सहनी, कौशल
यादव, मुना सोनी, मधेस आन्दोलनकारी समितीका नेताहरु अनिल गुप्ता, धुरेन्द्र पटेल, संजय पटेल, धन्नजीव
मिश्रा, बिष्णु पटेल, सदभावना पार्टी पर्सा जिल्ला सदस्य किसोरी कलवार लगायतकाले जारी मधेस आन्दोलनबारे
आ-आफनो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान