११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

युवा गठबन्धनद्धारा जरिवाना नलिन यातायात कार्यालयलाई ज्ञापन पत्र

३ फाल्गुन २०७२, सोमबार ०९:२९

फागुन ३, बीरगंज । मधेस आन्दोलन बन्द अवधिको जरिवाना नलिन नारायणी अञ्चल
यातायात व्यवस्था कार्यालयमा संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साले ज्ञापन पत्र बुझाएका छन्

बिगत ६ महिना देखि जारी मधेस आन्दोलन २०७२ को क्रममा बन्द हडताल
र नाकाबन्दले यस भेगमा बसोबास गर्ने आम नागरिकहरुको जन जिवन निकै नै कष्टपुर्ण हुनुको साथै आर्थिक
अवस्था निकै नै दयनिय भएको हुनाले बन्द अवधिको जरिवाना नलिन यातायात कार्यालयमा गठबन्धन पर्सा संयोजक
इश्वर यादवको नेतृत्वमा गएको टोलीले कार्याल22य प्रमुख राजेन्द्र प्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाएको थियो ।

जारी मधेस
आन्दोलन कुनै जाती ,धर्म र समुदाय बिरुद्धको नभई तराई मधेसमा बसोवास गर्ने सम्पुर्णको अधिकार र पहिचानको
लागि हो । आन्दोलनमा हरेक जातजाती,धर्म र समुदायको व्यक्तिहरुले आ आफनो तरिकाले एक्यवद्धता जनाउनुको
साथै मधेसको माँगहरु पुरा गर्न सरकार एवं प्रमुख दलहरुलाई दवाव दिदै आएका छन् ।सोही अनुरुप आन्दोलन अवधि
भरि आर्थीक अवस्था निकै नै कष्टपुर्ण भएको मध्य नजर गर्दै यातायात कार्यालयले बन्द अवधि भरिको जरिवाना
नलिन गठबन्धनका टोलीले कार्यालय प्रमुखको ध्यानाकर्षण गराएको थियो । साथै आम जनभावनाको कदर नगरिए हामी
कडा कदम चाल्ने बाध्यात्मक अवस्था सृजना नहोस भनी चेतावनी समेत दिएको थियो ।
11

साथै टोलीले नारायणी अञ्चल यातायात
व्यवस्थाको सवारी चालक कार्यालयका शाखा अधिकृत द्धय शालिग्राम पौडेल र उमेश रेग्मीलाई समेत ज्ञापन पत्र
बुझाउदै मधेस बन्द अवधिको जरिवाना नलिन समेत ध्यानाकर्षण गराएको थियो । ज्ञापन पत्र बुझाउने टोलीमा युवा
गठबन्धन पर्साका सह संयोजक धर्मेन्द्र पटेल, सचिव रोशन कुमार, सल्लाहकार ओम प्रकाश सर्राफ, जिल्ला सदस्य
फिरोज बादशाह, विनोद पटेल, क्षेत्र नं. २ का संयोजन अशरफ अलि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति