सन्तोषकुमार गुप्ता/भदौ २३, दाङ । यातायात व्यवस्था सेवा कार्यालय भालुवाङले एक आर्थिक बर्ष २०७२/०७३ मा झन्डै दुई करोड राजश्व सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ २३, दाङ । यातायात व्यवस्था सेवा कार्यालय भालुवाङले एक आर्थिक बर्ष २०७२/०७३ मा झन्डै दुई करोड राजश्व सं"/>
२०८३, ३ जेष्ठ आईतवार
दाङ्ग - DNG

यातायात कार्यालय भालुवाङमा झन्डै दुई करोड राजश्व संकलन

२०७३, २३ भाद्र बिहीबार १२:१३

सन्तोषकुमार गुप्ता/भदौ २३, दाङ । यातायात व्यवस्था सेवा कार्यालय भालुवाङले एक आर्थिक बर्ष २०७२/०७३ मा झन्डै दुई करोड राजश्व संकलन गरेको छ । 

कार्यालयले एक बर्षको अबधिमा सवारी साधन कर, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपास र रुट नबिकरणबाट मात्रै १ करोड ७५ लाख १५ हजार ४ सय ३१ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । 

यातायात व्यवस्था सेवा कार्यालय भालुवाङ्गका प्रमुख सुखप्रसाद रजौरेका अनुसार ०७२ साउन देखि ०७३ असार मसान्त सम्म एक आर्थिक बर्षको अबधिमा सवारी साधन करबाट १ करोड ५५ लाख ६७ हजार २० रुपैयाँ, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ७ लाख ५८ हजार ८ सय २१ रुपैयाँ र रुट नबिकरणबाट ११ लाख ८९ हजार ५ सय ९० रुपैयाँ संकलन भएको जानकारी दिए । 

जस अनुसार साउन महिनामा सवारी साधन करबाट ८१ हजार ३ सय, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट १३ हजार २ सय ९२ र रुट नबिकरणबाट ५३ हजार ८ सय ३७ रुपैयाँ गरी कुल १ लाख ४८ हजार ४ सय २९ रुपैयाँ, भदौ महिनामा सवारी साधन करबाट ३ लाख ८९ हजार ५ सय, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३४ हजार ७ सय ५९ र रुट नबिकरणबाट ३९ हजार १ सय ४४ रुपैयाँ गरी कुल ४ लाख ६३ हजार ४ सय ३ रुपैयाँ र असोज महिनामा सवारी साधन करबाट १३ लाख ४१ हजार ५ सय ४०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ७६ हजार २० र रुट नबिकरणबाट ६७ हजार ५ सय २४ रुपैयाँ गरी कुल १४ लाख ८५ हजार ८४ रुपैयाँ राजश्व संकलन भएको कार्यालयका सुचना अधिकृत चेतलाल न्यौपानेले जानकारी दिए । 

त्यसैगरी कात्र्तिक महिनामा सवारी साधन करबाट ९ लाख २६ हजार २ सय ५६, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ३१ हजार ८ सय ५० र रुट नबिकरणबाट ४७ हजार ५ सय ४७ रुपैयाँ गरी कुल १० लाख ५ हजार ६ सय ५० रुपैयाँ, मंसिर महिनामा सवारी साधन करबाट १३ लाख ६४ हजार ९ सय २०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ४६ हजार ७ सय ९२ र रुट नबिकरणबाट ७० हजार ३ सय २ रुपैयाँ गरी कुल १४ लाख ८२ हजार १४ रुपैयाँ र पुस महिनामा सवारी साधन करबाट १६ लाख ६३ हजार २६, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ५९ हजार ३ सय ७२ र रुट नबिकरणबाट ९४ हजार ५ सय ९४ रुपैयाँ गरी कुल १८ लाख १६ हजार ९ सय ९२ रुपैयाँ राजश्व संकलन भएको सुचना अधिकृत न्यौपानेले जानकारी दिए ।

 त्यसैगरी माघ महिनामा सवारी साधन करबाट १३ लाख ९७ हजार १ सय ५५, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ४६ हजार २ सय ३० र रुट नबिकरणबाट ९९ हजार ३ सय ४ रुपैयाँ गरी कुल १५ लाख २२ हजार ६ सय ८९ रुपैयाँ, फागुन महिनामा सवारी साधन करबाट १४ लाख ३३ हजार ७ सय ३०, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ५३ हजार १ सय ७० र रुट नबिकरणबाट १ लाख ६ हजार ९ सय ४४ रुपैयाँ गरी कुल १५ लाख ९३ हजार ८ सय ४४ रुपैयाँ र चैत महिनामा सवारी साधन करबाट २६ लाख १६ हजार ६ सय २८, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ८४ हजार १ र रुट नबिकरणबाट १ लाख ८ हजार ९ सय ५३ रुपैयाँ गरी कुल २८ लाख ९ हजार ६ सय ८१ रुपैयाँ राजश्व संकलन भएको सुचना अधिकृत न्यौपानेले जानकारी दिए ।      

त्यसैगरी बैशाख महिनामा सवारी साधन करबाट १२ लाख १ हजार ५ सय ५३, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ५३ हजार २ सय १ र रुट नबिकरणबाट १ लाख ३२ हजार ४ सय ९८ रुपैयाँ गरी १३ लाख ८७ हजार २ सय ८२ रुपैयाँ, जेष्ठ महिनामा सवारी साधन करबाट १५ लाख ५० हजार ८ सय ४५, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ६० हजार ९ सय ५० र रुट नबिकरणबाट १ लाख ३ हजार ६ सय ९६ रुपैयाँ गरी १७ लाख ९५ हजार ४ सय ९१ रुपैयाँ र असार महिनामा सवारी साधन करबाट १७ लाख ३५ हजार ७ सय १२, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ६३ हजार ९ सय १० र रुट नबिकरणबाट १ लाख ५ हजार २ सय ४८ रुपैयाँ गरी १९ लाख ८४ हजार ८ सय ७० रुपैयाँ राजश्व संकलन भएको सुचना अधिकृत न्यौपानेले जानकारी दिए ।

एक बर्षको अबधिमा सबै भन्दा बढी चैत महिनामा राजश्व संकलन भएको कार्यालयले जनाएको छ । चैत महिनामा मात्रै २८ लाख ९ हजार ६ सय ८१ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।  त्यसैगरी एक बर्षकै अबधिमा सवारी साधन जाँजपास तथा रुट नबिकरण अन्र्तगत बस ३ सय ८९ जाँचपास तथा ५ सय ४५ रुट नबिकरण, मिनिबस १ सय ५ जाँचपास तथा १ सय ९ रुट नबिकरण, ट्रक २ सय ३० जाँचपास तथा ७६ रुट नबिकरण र जीपकार २ सय २४ जाँचपास २ सय ५५ रुट नविकरण गरिएको कार्यालयले जनाएको छ । 

त्यसैगरी टिप्पर ८६ जाँचपास तथा २५ रुट नबिकरण,  ट्याङ्कर २ जाँचपास तथा रुट नविकरण १ र मिनिट्रक २३ जाँचपास तथा १० रुट नबिकरण, भ्यान १ जाँचपास तथा १ रुट नविकरण, पिक्प २ जाँचपास तथा १ रुट नविकरण र अटोरिक्सा २ जाँचपास तथा २ रुट नबिकरण गरिएको कार्यालयले जनाएको छ । 

यातायात व्यवस्था सेवा कार्यालय भालुवाङमा अधिराज्य भरिका सवारी साधन यातायात निमावली अनुसार ६/६ महिनामा सवारी जाँचपास गरिने प्राबधान रहेको र  रुट नबिकरण राप्ती अञ्चल भरिका सवारी साधनको ४÷४ महिनामा गर्ने प्राबधान रहेको कार्यालय प्रमुख रजौरेले जानकारी दिए । 

२०७२ साउन देखि भालुवाङ्गमा कार्यालय सञ्चालन आए देखि दैनिक सरदर २५—३० जना सेवा ग्राहीहरु आउने गरेको कार्यालयले जनाएको छ । कार्यालयमा सवारी नबिकरण जाँचपासका लागि देशका विभिन्न स्थानबाट समेत सेवा लिन आउने गरेको कार्यालयले जनाएको । साथै सेवा ग्राहीहरुलाई छिटो छरिटो सहज रुपमा सेवा प्रदान गरिरहेको समेत कार्यालयले दाबी गरेको छ । पूर्व पश्चिम राजमार्गको भालुवाङ्गमै यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन आए संगै हजारौँ यातायात व्यवसायहरु प्रतयक्ष लाभन्दित तथा हर्षित समेत भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट