भदौ २४, पर्वत । मेडिकल पसलहरुले गरेको कानून विपरितको स्वास्थ्य सेवाबारे सर्वसाधारणले व्यापक गुनासो        गरेपछि स्थानीय प्रशासन र स्वास्थ्य कार्यालय अनुगमन गर्न बाध्य भए । मेडिकल पसललेह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २४, पर्वत । मेडिकल पसलहरुले गरेको कानून विपरितको स्वास्थ्य सेवाबारे सर्वसाधारणले व्यापक गुनासो        गरेपछि स्थानीय प्रशासन र स्वास्थ्य कार्यालय अनुगमन गर्न बाध्य भए । मेडिकल पसललेह"/>
2026-07-05 07:12 AM
पर्बत - PBT

मेडिकल पसलहरुको अनुगमनको रिपोर्ट, कारवाहीका लागि प्रशासनमा

भदौ २४, पर्वत । मेडिकल पसलहरुले गरेको कानून विपरितको स्वास्थ्य सेवाबारे सर्वसाधारणले व्यापक गुनासो        गरेपछि स्थानीय प्रशासन र स्वास्थ्य कार्यालय अनुगमन गर्न बाध्य भए । मेडिकल पसललेहरुको लापरवाहीकै कारण सर्वसाधारणले दुःख पाइरहेका छन् । केही दिन पहिले जिल्ला जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा प्रशासनका कर्मचारी समेत सहभागी अनुगमन टोलीले पर्वतको सदरमुकाम बजार क्षेत्रमा रहेका मेडिकल पसलहरुको अनुगमन गरे । उक्त अनुगमन टोलीले गरेको अनुगमन रिपोर्ट मंगलवार मात्र जिल्ला प्रशासन कार्यालयलाई कारवाहीका लागि बुझाइएको छ । 

मेडिकल पसलको नाममा दर्ता हुने तर स्वास्थ्य ऐन विपरित स्वास्थ्य सेवा प्रदान गर्दै आएको भन्ने सर्वसाधारणको व्यापक गुनासो रहदै आएको छ । अधिकांश औषधि पसलेलाई आफै डाक्टरले जस्तै विरामीको स्वास्थ्य चेकजाँच गर्ने र प्रेस्क्रिप्सन विना नै आषधि विक्री वितरण गरी स्वास्थ्य माथि गंम्भिर खेलवाड गरेको आरोप लागेको छ । कतिपय मेडिकल पसलेहरुले स्वास्थ्य विभागबाट स्वीकृति नै नलिई ईसिजी, भिडियो एक्स रे, एक्स रे लगायतका स्वास्थ्य सेवा प्रदान गर्दै आएको भन्ने छ । 

सर्वसाधारणले गरेको गुनासो मेडिकल पसलहरुको अनुगमन गर्ने क्रममा सत्य सावित भएको छ । अनुगमन टोलीमा सहभागी जिल्ला स्वास्थ्य कार्यालयका प्रशासनिक अधिकृत पोषनाथ शर्माका अनुसार औषधि विक्री गर्ने स्वीकृति लिएका औषधि पसलहरुले विरामी चेकजाँच गरेको पाईएको छ । पोखराबाट फलानो डाक्टर आउने भन्ने प्रचारप्रसार गर्ने र आफै औषधि विक्री गर्ने काम औषधि पसलबाट भएको उनले बताए । प्रशासनिक अधिकृत शर्मा भन्छन्(‘अधिकांश औषधि पसललेहरुले कानून विपरित पत्रपत्रिकामा र एफ.एम रेडियोमा स्वास्थ्य सेवाबारे प्रचारप्रसार गर्ने र पसल अगाडि साइनबोर्डमै भिडियो एक्स रे, एक्स रे लगायत उल्लेख गरेका छन् ।’ रिपोर्ट तयार गर्ने क्रममा आफूहरुले औषधि पसलेलाई अगाडि राखेर नै तयार गरेको भन्दै अधिकृत शर्माले भने(‘औषधि पसलहरुले नै साइनबोर्डमै रगत, दिशापिसाव लगायत चेकजाँच हुन्छ भन्ने उल्लेख गरेका छन् जसको लागि कानूनी स्वीकृति लिएका छैनन् ।’ अनुगमनका क्रममा टोलीले बाग्लुङ मेडिकल हल, अनुज फर्मा, गणेश मेडिकल हल, पर्वत मेडिकल हल अनुगमन गर्ने क्रममा विरामी चेकजाँच गर्ने र अन्य भिडियो एक्स रे, एक्स रे लगायतका स्वास्थ्य स्वीकृति वेगर संचालन गरी सर्वसाधारणको स्वास्थ्य माथि खेलवाड गरेको पाइएको उल्लेख      छ ।

 त्यसैगरी मणि मेडिकल हलमा       विरामी चेकजाँच गरी औषधि दिने कानून विपरितको गतिविधि गरेको रिपोर्टमा छ । काशी प्याथोलोजी र पर्वत प्याथोलोजी स्वास्थ्य विभागमा दर्ता नै नगरी संचालनमा आएको पाइएको हो । त्यस्तै गुप्तेश्वर आयुर्वेद पसलमा म्याद गुज्रिएका औषधि फेला परेका जनाइएको छ । 

अनुगमनको रिपोर्ट अध्ययन गरी कानून विपरित कार्य गर्ने मेडिकल पसलका विरुद्ध कडा कारवाही गरिने प्रजिअ शम्भुप्रसाद मरासिनीले बताए । प्रजिअ मरासिनी संयुक्त बजार अनुगमन समितिका अध्यक्ष समेत हुन् । यता सर्वसाधारण माझ स्वास्थ्य सेवाको नाममा कानून विपरित कार्य गर्ने र सर्वसाधारणलाई ठग्ने मेडिकल पसलेहरु कारवाहीको भागीदार हुनुपर्छ भन्ने माग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै