निहारिका राजपुत प्रहरी नियन्त्रणमा

साझासवाल

साउन २०, काठमाडौँ | कुमारी आमा भनेर चिनिने निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो । बलात्कृत भइसकेपछि न्यायका लागि जहाँ पुगे पनि आफूलाई नै गलत देखाइएको भन्दै उनी पटक पटक अनसनमा बस्दै आएकी छिन् ।

निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन ।

यस्तो थियो घटना

महोत्तरीकी निहारिका जनकपुरधाममा डेरा बसेर होटल म्यानेजमेन्टको पढाइ गर्दै थिइन्। सँगै पढ्ने धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–३ की साथीको आग्रहमा उनको घर गइन्। त्यही बेला साथीको दाइ शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर आफूलाई बलात्कार गरेको निहारिकाको भनाइ छ।

जति बेला उनी बलात्कृत भइन्, त्यो बेला उनी १७ वर्षकी थिइन्। ‘मलाई नशालु पदार्थ खुवाएर बलात्कार गर्‍यो,’ उनी भन्छिन्, ‘त्यतिबेला उसले विभिन्न फोटो खिचेको रहेछ। कसैलाई बताए सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्ने धम्की दिएको थियो उनी रुँदै भनिन्, त्यसैले १४ दिनसम्म चुपचाप बसेँ।’

सम्पन्न परिवारकी कान्छी छोरी निहारिकाले १४ दिनपछि हिम्मत जुटाएर परिवारका सदस्यलाई आफू बलात्कृत भएको बताइन्। तर, परिवारले घटना बाहिर ल्याउन मानेन र उनी पुनः चुप बसिन्। ‘महिनावारी रोकिएपछि समाजमा इज्जत जाने डरले परिवारले गर्भपतन गराउन भनेको थियो,’ उनले भनिन्, ‘मैले मानिनँ।’ परिवारले भनेको नमानेपछि उनी बहिस्कृत भइन्। उनी भन्छिन्, ‘परिवारबाट बहिस्कृत भएरै ०७७ भदौ ५ छोरालाई जन्म दिएँ।’

‘मेरो मुद्दालाई अदालतले ढिलाइ मात्रै गरिरहेको छु,’ उनले भनिन्, ‘अहिलेसम्म पेशीसमेत तोकिएको छैन, अदालतको फैसला कुरेर कहिलेसम्म बस्ने?’ न्यायका लागि राष्ट्रिय महिला आयोग, महिलाका लागि काम गर्ने विभिन्न संस्थामा पुगेँ। कतैबाट न्याय पाउने आशा नपलाएपछि सडकमा उत्रिएकी हुँ,’ उनले भनिन्।’

Leave a Comment

Leave a Reply