Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पोखरामा होटेलको तीन तलाबाट खसेर भारतीय नागरिकको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २०, कास्की | कास्कीको पोखरामा होटेलको तीन तलाबाट खसेर भारतीय नागरिकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–६ लेकसाइड गौरीघाटस्थित होटल पोखरा इन्टरनेसनलको ३ तला माथिबाट खसेर भारत मैङ्गलोर घर भएका ४५ वर्षीय भानु प्रकाशको मृत्यु भएको हो ।

सोही होटेलमा गत मंगलबारदेखि बस्दै आएका उनको अचानक तीन तला माथिबाट खसेर मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।