Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

प्रेम विवाह गरेको एक महिनामै कैलालीमा युवतीको मृत्यु

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन २१, कैलाली | कैलालीमा प्रेम विवाह गरेको एक महिना नपुग्दै एक युवतीको मृत्यु भएको छ। दैलेखको गुँरास गाउँपालिका–२ बाट भागेर कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन) सँग प्रेम विवाह गरेकी १९ वर्षीय विष्णु रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले बिहीबार दिउँसो मृतकका श्रीमान‍्ले रावललाई उपचारका लागि टीकापुर अस्पताल ल्याएका र सोही क्रममा उनको मृत्यु बताए।

रावलले झुण्डिएर आत्महत्या प्रयास गरेको अवस्थामा श्रीमान‍्ले पासो काटेर अस्पतालमा पुर्‍याएको प्रहरीले जनाएको छ। अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान‍्लाई प्रहरीले नियन्त्रणमा लिएकोमा शुक्रबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

‘अनुसन्धानका लागि मृतकका श्रीमान‍्लाई नियन्त्रणमा लिएका थियौं। तर, प्रारम्भीक अनुसन्धानमा हत्या गरेको जस्तो नदेखिएकाले शुक्रबार आफन्तको जिम्मा लगाएका छौँ,’ डीएसपी शाहीले भने, ‘तर घटनाको अनुसन्धान भने जारी छ। हत्यालाई बल पुग्ने प्रमाण फेला परेमा जुनसुकै बेला पनि नियन्त्रणमा लिने छौं।’

मृतकका माइती पक्षले भने घटना शंकास्पद भएकाले निष्पक्ष अनुसन्धानको माग गरेका छन्। मृतककी दिदी जमुना रावलले प्रेम विवाह गरेर आफूखुसी घरबाट कैलाली भागेर गएकी विष्णुले घटना भएको दिनसमेत आमासँग कुराकानी गरेको बताउँदै त्यसको केही घण्टामा मृत्युको खबर आएकाले घटना शंकास्पद रहेको बताइन्।