2026-11-02 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम विवाह गरेको एक महिनामै कैलालीमा युवतीको मृत्यु

साउन २१, कैलाली | कैलालीमा प्रेम विवाह गरेको एक महिना नपुग्दै एक युवतीको मृत्यु भएको छ। दैलेखको गुँरास गाउँपालिका–२ बाट भागेर कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन) सँग प्रेम विवाह गरेकी १९ वर्षीय विष्णु रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले बिहीबार दिउँसो मृतकका श्रीमान‍्ले रावललाई उपचारका लागि टीकापुर अस्पताल ल्याएका र सोही क्रममा उनको मृत्यु बताए। 

रावलले झुण्डिएर आत्महत्या प्रयास गरेको अवस्थामा श्रीमान‍्ले पासो काटेर अस्पतालमा पुर्‍याएको प्रहरीले जनाएको छ। अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। 

घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान‍्लाई प्रहरीले नियन्त्रणमा लिएकोमा शुक्रबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

‘अनुसन्धानका लागि मृतकका श्रीमान‍्लाई नियन्त्रणमा लिएका थियौं। तर, प्रारम्भीक अनुसन्धानमा हत्या गरेको जस्तो नदेखिएकाले शुक्रबार आफन्तको जिम्मा लगाएका छौँ,’ डीएसपी शाहीले भने, ‘तर घटनाको अनुसन्धान भने जारी छ। हत्यालाई बल पुग्ने प्रमाण फेला परेमा जुनसुकै बेला पनि नियन्त्रणमा लिने छौं।’

मृतकका माइती पक्षले भने घटना शंकास्पद भएकाले निष्पक्ष अनुसन्धानको माग गरेका छन्। मृतककी दिदी जमुना रावलले प्रेम विवाह गरेर आफूखुसी घरबाट कैलाली भागेर गएकी विष्णुले घटना भएको दिनसमेत आमासँग कुराकानी गरेको बताउँदै त्यसको केही घण्टामा मृत्युको खबर आएकाले घटना शंकास्पद रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द