2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातजना मिलेर यसरी पारे सुन व्यवसायीलाई ‘हनिट्रयाप’मा

भदौ ३, काठमाडौं | दाङको घोराहीका एक सुनचाँदी व्यवसायी हनिट्रयापमा परेका छन्। साउन २६ गते राति युवतीले आफ्नो कोठामा बोलाएर उनलाई ट्रयापमा पारेको दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनलाई फसाउने ४ युवतीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। 


गत साउन २६ गते राति ११ बजेतिर घोराही उपमहानगरपालिका– १० नारायणपुरका दिनेशकुमार घर्तीलाई एक युवतीको फोन आयो। सुनचाँदी व्यवसायी घर्तीलाई नारायणपुरकै २२ वर्षीया शर्मिला भन्ने प्रमिला नेपालीले फोन गरेकी थिइन्। नेपालीले आफ्नो तिलहरी बेच्नुपर्ने भएकाले कुरा गर्न कोठामा आउन भनेपछि घर्ती कोठामै गए।

घर्ती युवतीको कोठामा गएपछि रोल्पा परिवर्तन गाउँपालिका– ५ का ४० वर्षीय दिलीपकुमार वलीसहितको समूह सोही वेला कोठाको ढोका ढकढक्याउन पुग्यो। युवतीसँग एउटै कोठामा रहेका घर्तीलाई उनीहरूले बलात्कार गरेको भन्दै कुटपिट गरे।

बलात्कारको आरोपपछि त्यहाँ ठूलो बार्गेनिङ सुरु भयो। प्रहरीका अनुसार पहिलो चरणमा उनीहरूले घर्तीसँग घडेरीको डिमान्ड गरे। ‘सुरुमा ती युवतीको नाममा तुरुन्त एउटा घडेरी पास गरिदिन भनेछन्,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले भने, ‘तर, घर्तीले आफूसँग घडेरी नभएको भनेपछि पैसा लेनदेनमा कुरा मिलाउन खोजेको देखिन्छ।’

घडेरी नदिएपछि नगद एक लाख रुपैयाँ, दुईवटा चेकमा दुई दिन फरकको मिति राखेर दुई–दुई लाख र अर्को चेकमा सात लाख २० हजार गरी १२ लाख २० हजार रुपैयाँ लिन खोजे। चेक र नगद दिएपछि घर्तीले उनीहरूबाट छुटकारा पाए। तर, आफूसँग भएको मोटो रकम अनाहकमै लुटिएपछि उनी प्रहरीसमक्ष पुगे। त्यसपछि छानबिन गर्दा मुख्य योजनाकार रोल्पा परिवर्तन– ५ का वलीसहित नारायणपुरकै अजय बुढाथोकी, लोकेन्द्र मगरसहित सातजनाको संलग्नतामा योजना बनाएर फसाउन खोजेको भेटिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए।

गौतमका अनुसार सो कार्यमा संलग्न घोराही– १० नारायणपुरनिवासी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षकै विमला डाँगी र २९ वर्षीया शान्ता नेपालीलाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको छ। अजय र लोकेन्द्र भने अहिले फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ।

उनीहरूविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २५३ को उपदफा ३ (ख) अन्तर्गत आपराधिक लाभ कसुरमा साउन २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताएको छ। कसैले व्यावसायिक या गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटाे दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक