नन्दराम जैशी | भदौ २७, जुम्ला | जुम्लामा आइतबार सम्पन्न भएको एक कार्यशाला गोष्ठिका स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ २७, जुम्ला | जुम्लामा आइतबार सम्पन्न भएको एक कार्यशाला गोष्ठिका स"/>
2026-10-15 07:50 AM
जुम्ला - JML

कार्यशाला गोष्ठिका सहभागिद्धारा वल्र्डभिजनको प्रशंसा

नन्दराम जैशी | भदौ २७, जुम्ला | जुम्लामा आइतबार सम्पन्न भएको एक कार्यशाला गोष्ठिका सहभागिले वल्र्डभिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाको प्रशंसा गरेका छन् । वल्र्डभिजन जुम्लाले जिल्लाको शिक्षा, स्वास्थ, कृर्षि, प्रकोप न्युनिकरण र सुशासनको क्षेत्रमा अहम भुमिका खेलेको भन्दै वल्र्डभिजनको प्रशंसा गरेको उनिहरुको भनाइ छ । आइतबार वल्र्डभिजन जुम्लाको आयोजनामा जिल्लामा सम्पन्न भएको कार्यशाला गोष्ठिका सहभागिले यस्तो बताएका हुन् ।

वल्र्डभिजनद्धारा जिल्लामा संचालन हुने सबै कार्यक्रमलाइ सफल पार्न आ आफ्नो क्षेत्रबाट सक्दोसहयोग गर्ने बताउदै वल्र्डभिजनलाइ आगामि दिनमा समुदायको मागका आधारमा कार्यक्रम ल्याएर अघि बढ्न कार्यशाला गोष्ठिका सहभागिले आग्रह गरेका छन् । कार्यशाला गोष्ठिमा सहभागिलाइ समुहमा विभाजन गरी आ आफ्नो क्षेत्रबाट वल्र्डभिजनलाइ सहयोग गर्न तथा गोष्ठिमा सिकेका कुरा गाँउमा अन्य ब्यक्तिहरुलाइ जानकारी दिनका लागि सामान्य योजना बनाउन लगाइएको थियो ।

सहभागिका अनुसार आफुले सक्ने र गोष्ठिमा सिकेका कुरा गाँउका अन्य ब्यक्तिलाइ जानकारी दिन प्रतिबद्धता सहित योजना निर्माण गरीएको छ । आफुले बनाएको योजना अनुसार सार्बजानिक योजना निर्माणमा महिलाको सहभागिता आवाश्यकताको बिषयमा गाँउमा निर्माणाधिन खानेपानि उपभोक्ता समितिमा रहेका महिला दिदि बहिनि तथा अन्य ब्यक्तिलाइ भेला गराइ अनुभव आदान प्रदान गर्ने चन्दननाथ ४ कि गंगा महत र जवाना बुढ्थापाले प्रतिबद्धता जनाएकि छन् ।

यस्तै सहभागि द्धारीका कठायतले वडामा आमा समुहको भेला गराइ सेवाप्रति स्थानिय निकायको जबाफदेहिता तथा सुचनाको आवाश्यकताका बिषयमा आफुले सिकेका कुरा साटासाट गर्ने बताउनु भएको छ । गोष्ठिको सहजिकरण गर्दै वल्र्डभिजन जुम्लाका जबाफदेहिता सहजकर्ता सोम गुरुङले जबाफदेहिता, सामाजिक जबाफदेहिता र जबाफदेहिता किन भन्ने बिषयमा जानकारी दिनुभयो । जँहा जबाफदेहिता हुन्छ, त्यहाँ प्रतिबद्धता र स्तरमापन हुने उहाले बताउनुभयो । गोष्ठिको सहजिकरणको क्रममा प्रमुख विकास सहजकर्ता प्रकाश नेपालिले सुशासन र जबाफदेहितामा आरोप प्रत्यारोपको कुरा नगर्न आग्रह गर्दै झुट्टा हल्लाको पछि नलाग्न सबैमा अनुरोध गर्नुभयो ।

गोष्ठिमा वल्र्डभिजन जुम्लाका शिक्षा परीयोजना अधिकृत भिम सार्किले वल्र्डभिजनले जुम्लामा गरेका काम र जिल्लामा खेल्नुपर्ने भुमिकाको बिषयमा सल्लाह, सुझाब दिन आग्रह गर्नुभयो । कार्यालयको निशुल्क पैसा नलाग्ने फोन नं १६६००१०००१४ मा सम्पर्क गरी जानकारी दिन उहाको अनुरोध छ । वल्र्डभिजनले गर्ने कार्यप्रति कार्यालय जबाफदेहि रहेको भन्दै अझै जबाफदेहि रहन समुदायका सल्लाह, सुझाब, प्रतिक्रिया र उजुरीलाइ स्वागत गर्ने शिक्षा परीयोजना अधिकृत सार्किले बताउनुभयो ।

सबै सेवा प्रदायक निकाय सेवा, काम र जिम्मेवार प्रति कर्तब्य निष्ठ रहेमा र सेवाग्राहिले पनि आवाश्यक प्रक्रियाका साथ आफ्ना कमिकमजोरी सच्याएमा सबै जबाफदेहिता हुने उहाको भनाइ छ । वल्र्डभिजन जुम्लाका एडिपि म्यानेजर टेक सुनारले समाजमा हुने सबै क्रियाकलापमा पारदर्शिता हुनुपर्नेमा जोड दिदै वल्र्डभिजनले हरेक कार्यक्रममा पारदर्शिता कायम गरेको बताउनुभयो । समुदायको माग र सल्लाहका आधारमा अघि बढ्ने उहाको भनाइ छ । साथै गोष्ठिको समापन गर्दै सुनारले सहभागिलाइ आफुले सिकेका कुरा ब्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने