बाबुछोराको कुटपिटबाट ६८ वर्षीय वृद्धको मृत्यु

साझासवाल
1 Min Read

<p><b>भदौ ६, कपिलवस्तु&nbsp; | </b>कपिलवस्तु जिल्लामा कुलोको विषयमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ ।&nbsp; जिल्लाको महाराजगन्ज नगरपालिका–२ पडरीयामा कुलोको विषयमा आज दिउँसो भएको कुटपिटबाट अब्दुल जब्बारको मृत्यु भएको प्रहरीले जनाएको छ ।<br></p><p>स्थानीय ६३ वर्षीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षीय सम्साद मुसलमानले ६८ वर्षीय&nbsp; जब्बारमाथि कुटपिट गरेका थिए । कुटपिटबाट जब्बारको मृत्यु भएको प्रहरीले जनाएको छ । बाबुछोराले कुटपिट गर्दा घाइते भएका उनको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कुटपिट गर्ने बाबुछोरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply