2026-10-15 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जग्गा अधिग्रहण गरेकाे ८ वर्षसम्म चौरजहारी टाउन प्लानिङकाे काम हुन सकेन

भदौ ८, सुर्खेत | आठ वर्षदेखि  नयाँ सहर आयोजना चौरजहारीले जग्गा एकीकरणका लागि अधिग्रहण गरेको जमिन काम नगर्दा बाँझै छ । ‘टाउन प्लानिङ’ गर्ने भन्दै कार्यालयले सर्वसाधारणलाई खेती नगर्न भनेपछि यहाँको ५८० रोपनी खेतीयोग्य जग्गा बाँझै रहन गएको हो ।  नयाँ सहर आयोजनाअन्तर्गत रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ मा योजना गरिएको घारीगाउँ चौरजहारी जग्गा अधिकरणको काम समयमै हुन नसक्दा जमिन बाँझै रहेको हो ।

नयाँ सहर आयोजना कार्यालयले असारमै सम्पन्न गरिसक्नुपर्ने डीपीआर जिम्मेवार निकायको ढिलासुस्तीका काम सुरु हुन सकेको छैन ।  सहरी विकास तथा भवन निर्माण विभागसँग सम्झौता गरेको ‘अर्वान प्लानिङ कन्सल्टेन्ट’ले असारमै डीपीआर गरेर काम सुरु हुने  बताएपछि किसानलाई पटक पटक खेती नगर्न सूचना गरेकाले खेतीयोग्य जमिन खाली राखिएको थियो  ।

आयोजना कार्यालयका निमित्त आयोजना प्रमुख कमल दर्लामीमगरले कन्सल्टेन्टले ब्लकको ‘लाइनिङ’को काममा ‘गाइड’ नगरिदिँदा प्लटिङको काम हुन नसकेर जग्गा खाली हुन पुगेको हो । यही कामका लागि गत वर्ष आएको दुई करोड बजेटको काम हुन नसकेको र यस वर्ष ६ करोड सोही शीर्षकमा आएको कार्यालयले जनाएको छ ।

उक्त  अर्वान प्लानिङ कन्सल्टेन्टका मनीष जोशीले आफ्ना कारणले ढिलाइ नभएको बताए । सर्वे गरेर सडकको डिजाइनसहितको नक्सा नयाँ सहर आयोजना कार्यालयलाई बुझाइसकेको जानकारी दिँदै जोशीले जग्गा प्लटिङ गर्नलाई जग्गादातासँग बसेर छलफल गर्नमात्र बाँकी रहेको उल्लेख बताए । यहाँका ९५९ घरधुरीले ‘टाउन प्लानिङ’का लागि नयाँ सहर आयोजनालाई जग्गा उपलब्ध गराएका छन् । राम्रो उब्जनी हुने जमिन घडेरीका लागि दिएका किसानले जमिन बाँझै राख्नुपरेको भन्दै चिन्ता गरेका छन् ।  

२०७२ सालमा नयाँ सहर आयोजनाको काम सुरु भएको थियो । आठ वर्षसम्म आयोजनाले सुस्त गतिमा काम गरेको स्थानीयको गुनासो छ । आयोजना कार्यालयले बसपार्क निर्माण, सौर्य बत्ती जडान, सामुदायिक तथा नगरपालिका भवन निर्माण, सडक ग्राभेल सम्पन्न गरेको जनाएको छ । यसवर्ष सडक कालोपत्रे, सभाहल निर्माण, ल्यान्डफिल साइट निर्माण, जग्गा एकीकरण सम्पन्न गर्ने आयोजना कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने