2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फरेनिया बजार जान रोक लगाएसँगै नेपाली व्यवसायी उत्साहित

भदौ ९, भैरहवा | भारतीय सीमा क्षेत्रमा लाग्ने झण्डीबजार (फरेनिया) जान रोक लगाएसँगै नेपालतर्फको बजारमा चहलपहल बढ्न थालेको छ । हरेक शनिबार र बुधबार लाग्दै आएको बजारमा नेपालीलाई जान स्थानीय प्रशासनले रोक लगाएसँगै यसकाे प्रभाव नेपाली बजारमा देखिन थालेको हो ।


बढ्दै गएको कोभिड संक्रमण, सुरक्षा चुनौती र भिडभाडलाई नियन्त्रण गर्न जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसीएमसीको प्रस्तावमा प्रशासनले बजार जान रोक लगाएको हो । रोक लगाएसँगै बजार जाने मुख्य बाटो मेउडिहवा र नौडिहवामा सुरक्षाकर्मीले बजार भर्न जानेलाई फर्काउने गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली बजार क्षेत्रमा जाने सवैसाधरणलाई सम्झाई बुझाई फर्काउने गरेकाे छ । एक महिनादेखि फर्काउन लागेकोले अहिले बजार जानेको संख्या न्यून रहेको सशस्त्र प्रहरीले जनाएकाे छ ।  

सुरक्षाकर्मीले मेउडिहवा चोकबाट नै बजार गर्न मुख्यबाटो प्रयोग गर्न नदिएपछि नेपालीहरु भित्रीबाटो हुदै खेतखेतबाट पनि छिटफुट बजार पुग्ने गरेका छन । भारतिय भुमिमा लाग्ने यो बजार कोरोना जोखिमका कारण केही समय मात्रै बन्द थियो,  खुला सिमाका कारण बजारमा अहिले नेपालीहरु जोखिम मोलेर खेत खेतकै बाटो भएर पनि जाने गरेका छन । 


तीन दशकभन्दा बढीदेखि लाग्दै आएको बजार खुला सीमाना र प्रहरीको निगरानी कम भएकाले नुनदेखि सुन पाउने थलोको रुपमा रहेको छ । यहाँ बजार भर्न रुपन्देही मात्रै होइन, कपिलवस्तु र नवलपरासी पाल्पासम्मका नेपाली उपभोक्ता आउने गर्थे । सस्तोको नाममा गुणस्तरहीन वस्तु लिएर जान थालेपछि यो बजारको आलोचना हुने गरेकाे छ । नेपाली उद्योगी व्यवसायीले पनि बजार जान बन्द गर्नु पर्ने माग गर्दै आएका थिए । 

‘सीमा क्षेत्रका उद्योगी व्यवसायीलाई नराम्री प्रभावित पारेकाे यो बजार बन्द हुनुपर्छ भन्ने हामीले वर्षाैदेखि आवाज उठाइरहेका थियौं । यस हाम्रो समर्थन छ, यसले हाम्रो बजार विस्तारै प्रवर्द्धन हुँदै गएको छ ।’ उद्योग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले भने, 'उपभोक्तहरू सस्तोको नाममा गुणस्तरहीन वस्तु उपभोग गरिरहेका थिए, यसले स्वास्थ्यमा अल्पकालिन र दीर्घकालिन समस्या निमत्याउँछ ।'

बजार जाने मेउडिहवा, रानीगाँउ र पूर्व नौडिहवाको चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भए पनि अन्य भित्री, छेउछाउका नाका र खेतबाट नेपालीहरू बजार भर्न गइरहेका छन् । कोरोनाभन्दा पनि सस्तोमा सामान पाइने भएकोले खेत खेतको बाटो भएर किनमेल गर्न जाने गरेको एक उपभोक्ताले बताए । 

साग, सब्जी, घरायसी वस्तु र लत्ताकपडाका अलावा यहाँ माछा मासु पनि निकै सस्ताे पाइने उपभाेक्ताकाे भनाइ छ । डम्पिङ साइड नजिकै र खुला आकाशमुनि लाग्ने बजारमा पाइने माछा मासु निकै फाेहाेर देखिन्छन् । तर, नेपाली बजारमा भन्दा सस्तोमा पाइने भन्दै सर्वसाधरण पुग्ने गरेका थिए । 

सिमावर्ती क्षेत्रमा लाग्ने यस्ता बजारले वार्षिक करोडौं नेपाली मुद्रा बाहिरिने गरेको छ । करको दायरामा आएका र प्रक्रियागत रुपमा व्यवसाय सञ्चालन गरेका उद्योगी व्यवसायीलाई यो बजारले प्रत्यक्ष मार पार्ने गरेकोे सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपाने बताए । खुला र विनाभन्सार सामान आउँदा नेपाली बजारलाई प्रतिस्पर्धा गर्न पनि गाह्राे हुने गरेकाे छ । 

सस्तो हुन्छ भन्ने मानसिकताले भारतीय बजारले प्रसय पाएको थियो । भैरहवामै गुणस्तरीय र सस्तो सामान पाइन्छ भन्ने थाहा हुँदा पनि भारत जाने गरेको छन् ।  यस्ता खालका बजारलाई निरुत्साहित गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च सिद्धार्थनगरका अध्यक्ष नरेन्द्र राज भण्डारीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक