Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

जजिरा एयरवेजले भदौ ३१ गतेदेखि भैरहवा-कुबेत दैनिक उडान गर्ने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १३, भैरहवा | भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले भदौ ३१ (१६ सेप्टेम्बर) देखि सातामा सातै दिन कुबेतका लागि दैनिक उडान गर्ने भएको छ।

हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। अहिले दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा छ।

चाडपर्व नजिकिदै गरेकाले यात्रु अकुपेन्सी बढेको र उडान संख्या थपेको एयरवेजका सञ्चालन प्रमुख संगीता रौनियारले बताइन्।

'रोजगारीमा गएकाहरू दशैं तिहारमा घर फर्कन्छन्, त्यसकारण पनि त्यो समयलाई लक्षित गरेर दैनिक उडान थपिएको छ' उनले भनिन्।

जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। वीज एयर, एयर अरेबिया पनि दशैं अघिदेखि नै भैरहवाबाट उडान सुरू गर्ने तयारीमा छन्।