कमल सुबेदी/भदौ २७, पोखरा । आजभोलीका युवाहरुलाइ कसैले पनि मन खोले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी/भदौ २७, पोखरा । आजभोलीका युवाहरुलाइ कसैले पनि मन खोले"/>

2026-11-02 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् कलियुगका इमान्दार, जसले १० तोला सुनको गहना फिर्ता गरे


कमल सुबेदी/भदौ २७, पोखरा । आजभोलीका युवाहरुलाइ कसैले पनि मन खोलेर विश्वास गर्दैनन् त्यसको कारण हो आजभोलीका युवाहरु बढि चोरीमा संलग्न हुन्छन या अनेक ढाट्ने छल्ने काममा बढि नै तल्लीन भएको पाइन्छ यसो त पोखरामा चोरीका घटनाहरु चाडबाड लागे सगै बढेका छन् सबै युवाहरु त्यस्ता पनि हुदैनन भन्ने उदाहरण का पात्र बनेका छन एक गाडीका सहचालक ।

वुटबलबाट पोखरा आउने क्रममा ग १ ख ३४२० नम्बरको बसमा चढेकी स्याङ्जा सिर्सेकोट ९ की केशरी पराजुली छोडेको सामान सहचालक चन्द्र बहादुर क्षेत्रीले पृथ्बी राजमार्ग बस सञ्चालक समिति मार्फत सम्बन्धित ब्यक्तिको जिम्मा लगाएर उनले यात्रुको मन मात्र जितेनन् कलियुगको इमान्दार देवता ठहरिए  । उनले यात्रु बसमा भेटिएको झण्डै १० तोला बरावरको सुनको गहना सम्बन्धित ब्यक्तिलाई फिर्ता गरेका छन् ।

गएको शुक्रवार वुटबलबाट पोखरा आउदै गरेको बसमा स्याङजाको गल्याङ्गबाट चढेकी केशरी पराजुली बाँयाटारीमा झरिन् तव मात्र थाहा भयो उनले बहुमुल्य सामान सहितको झोला बसमै बिर्सिइन् । बस पोखराको पृथ्बीचोक स्थित बसपार्कमा आइपुगेर सबै यात्रु झरेर आ-आफ्नो बाटो तताइसकेका थिए । केहि बेरपछि बसका सहचालक चन्द्र बहादुर क्षेत्री बस सफा गर्न लागि बसमा चढे त्यहि बेला बसमा एउटा झोला फेला पारे ।

झोला खोलेर हेर्दा उनले दुई वटा सुनको बाला, एउटा मंगलसुत्र, दुई वटा औठी, विच्छि र पाउजु सहित चुरा र तीन हजार नगदको सहित  साथमा एउटा परिचय पत्र समेत फेला पारे परिचय पत्रमा भएको नम्बरमा समेत उनले फोन हाने तर फोन अफ थियो ।

त्यसपछि पृथ्बी राजमार्ग बस सञ्चालक समितिमा ल्याएर बुझाए । उता सामान हराएकी केशरीले बायाँटारीमा बस्ने आफ्ना जेठाजु भिम पराजुलीलाई खबर गरिन् । पराजुलीले समितिमा फोन गरे र सामान हराएको बारेमा कुरा गरे  । केहिवेरपछि झोला पाएको खबर आयो ।  र तीन दिन पछि आएर  आफ्नो सामान लिए ।

 पृथ्बी राजमार्ग बस सञ्चालक समितिले सोमवार पत्रकार सम्मेलन गरेर पराजुलीलाइ सामान हस्तान्तरण गरेको हो । सहचालक क्षेत्रीले पराजुलीलाई बसमा भेटिएको सामान सहितको झोला हस्तान्तरण गरे । इमान्दार का साथ सामान फिर्ता गरे वापत उनलाई तत्काल पाँच हजार पुरस्कार र  खादा लगाएर सम्मान गरियो ।

पराजुलीले  वहुमुल्य गहना लगाएर बस चढ्दा जोखिम हुने भएकाले झोलामा राखेको बताइन । पराजुली तिज मानेर घर फर्कदै थिइन् ।यता भने जिल्ला प्रहरी कार्यालय कास्की का प्रमुख घनश्याम अर्याल ले चाडबाडका बेला धेरै गहना नलगाउन सल्लाह दिन्छन । यसै त गर गहनाले मानिस को शरिर पनि सुरक्षित नहुने जानाकार हरु बताउछन् ।क्षेत्री जस्तै इमान्दार बन्न सके समाज नै सुरक्षित हनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द