सन्तोषकुमार गुप्ता/भदौ २७, देउखुरी । देउखुरीको भालुवाङमा दोस्रो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/भदौ २७, देउखुरी । देउखुरीको भालुवाङमा दोस्रो "/>

2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको भालुवाङमा सुचना तथा व्यापारिक मोहत्सव सञ्चालन हुने


सन्तोषकुमार गुप्ता/भदौ २७, देउखुरी । देउखुरीको भालुवाङमा दोस्रो पटक राप्तीद्धार सुचना तथा व्यपारिक मोहत्सव सञ्चालन हुने भएको छ । 

जिल्लाको पूर्वी देउखुरीको सुचना प्रविधिको विकासको विकास तथा सुचना प्रबधियुक्त कृषि, उद्योग, व्यापार तथा पर्यटन पर्वद्धन गरी भालुवाङमै अत्याधुनिक सुविधा सम्पन्न सुचना केन्द्र तथा सार्वजनिक पुस्ताकालय स्थापनाका लागि मोहत्सव सञ्चालन गर्न लागिएको हो । 

भालुवाङबाट प्रकाशित हुँदै आएको राप्तीद्धार राष्ट्रिय साप्ताहिकको आयोजनामा हिन्दुहरुको महान् चार्ड बडा दशैँ तथा तिहार पर्वको अवसर पारी असोजको २८ गते देखि कात्र्तिकको ८ गते सम्म गरी ११ दिन सम्म भालुवाङ पुल्चोकको निर्माणधिन बसपार्कमा सञ्चालन गर्ने तयारी भईरहेको पत्रिकाका सम्पादक केशब बोहराले जानकारी दिए । 

मोहत्सवबाटै यस क्षेत्रको सुचना तथा सञ्चारको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मोहत्सवलाई जिल्ला प्रशासन कार्यालय दाङले यही भदौ ६ गते नै अनुमति दिई सकेको सम्पादक बोहराले जानकारी दिए ।

यसैबीच भालुवाङमा सञ्चालन हुने लागेको मोहत्सव प्रति स्थानिय उद्योगी व्यापारिहरुले बिरोध जनाएका छन् । हालै भालुवाङ पुल्चोकमा भएको स्थानिय उद्योगी व्यापारीहरुको बैठकले आफूहरु संग कुनै पनि सल्लाह तथा सहमति नलिई आफू खुसी मोहत्सव आयोजना गर्न खोजेको भन्दै उनीहरुले कडा बिरोध जनाउँदै सशक्त प्रतिकारमा उत्रिने निर्णय समेत गरेका छन् । 

जेष्ठ व्यापारी खड्गबहादुर परियारको अध्यक्षता एवम् राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रिखीराम आचार्य र संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार जगतप्रसाद पोख्रेलको बिशेष उपस्थीतिमा भएको बैठकले मोहत्सवका बिषयमा भेला अह्वान गर्न राप्ती उद्योग बाणिज्य संघ भालुवाङमा संग माग गर्ने बेवास्त गरे सशक्त प्रतिकारमा उत्रिने निर्णय गरेका हुन् । 

साथै बैठकले संघमा दर्ता नै नभई डुलेर समान बिक्री गर्न प्रतिबन्ध लगाउने र राप्ती नदीमा जथाभावी माछा मार्ने काम भईरहेकोले तत्काल माछा मार्न रोक लगाउने लगायतको निर्णय गरेको छ । बैठकको सहर्जीकरण बिक्रम पाण्डे र भिर्माजुन सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा