सिद्धार्थ राजमार्गको ६० मिटर सडक भासियो, रातभर आवागमन बन्द हुने

साझासवाल
1 Min Read

भदौ १६, तानसेन | सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड भासिएर आवागमन बन्द भएको छ ।

एक महिना अघिदेखि राजमार्गको हिउँदेखोलामा केही मात्रामा भासिएको सडक आज (बिहीबार) दिउँसो सवारी सञ्चालन नै गर्न नमिल्नेगरी खसेको हो ।

सडक डिभिजन पाल्पाका अनुसार ६० मिटर सडक भासिएको हो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालका अनुसार कमजोर माटोमा निरन्तरको वर्षाका कारण पुरै सडक भासिएको हो ।

सडक पूर्ण रुपमा भासिएपछि सडक डिभिजन पाल्पाले रातभर काम गरेर नयाँ मार्ग बनाउने जनाएको छ । रातभर पानी नपरेमा तीन बटा मेसिनमार्फत भित्ता खनेर भोलि (शुक्रबार)देखि सडक खुलाउने प्रयास हुने सूचना अधिकारी लम्सालले बताए ।

Share This Article
Leave a Comment

Leave a Reply